भारतमा धार्मिक अल्पसङ्ख्यकहरूमाथि ‘दुर्व्यवहार बढेको’ भन्ने अमेरिकी प्रतिवेदन भारतद्वारा अस्वीकार

काठमाडौं । भारतमा धार्मिक अल्पसंख्यकहरूमाथि ‘दुरव्यवहार बढेको’ भन्ने अमेरिकी प्रतिवेदनलाई भारतले अस्वीकार गरेको छ । एक अमेरिकी संघीय सरकारको आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनलाई भारतको विदेश मन्त्रालयले अस्वीकार गरेको हो । प्रतिवेदनमा भारतमा धार्मिक स्वतन्त्रताको अवस्था बिग्रदै गएको र उक्त विषय गम्भीर चासोको विषय भएको उल्लेख गरिएको थियो । अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (युससिआइआरएफ) […]

Oct 5, 2024 - 02:45
 0
भारतमा धार्मिक अल्पसङ्ख्यकहरूमाथि ‘दुर्व्यवहार बढेको’ भन्ने अमेरिकी प्रतिवेदन भारतद्वारा अस्वीकार

काठमाडौं । भारतमा धार्मिक अल्पसंख्यकहरूमाथि ‘दुरव्यवहार बढेको’ भन्ने अमेरिकी प्रतिवेदनलाई भारतले अस्वीकार गरेको छ ।

एक अमेरिकी संघीय सरकारको आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनलाई भारतको विदेश मन्त्रालयले अस्वीकार गरेको हो । प्रतिवेदनमा भारतमा धार्मिक स्वतन्त्रताको अवस्था बिग्रदै गएको र उक्त विषय गम्भीर चासोको विषय भएको उल्लेख गरिएको थियो ।

अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (युससिआइआरएफ) ले तथ्यहरूलाई गलत तरिकाले प्रस्तुत गर्दै भारतका बारेमा नकारात्मक प्रचार गरेको भन्दै भारत सरकारले सो विषयलाई ‘नोट’ मा लिएको बताएको छ ।

प्रतिवेदनले भारतमा गलत सूचना प्रवाह र दुस्प्रचारलाई बढवा दिइएको र सरकारबाटै घृणस्पद अभिव्यक्तिहरू दिएर धार्मिक अल्पसंख्यहरू एवं उनीहरूका पवित्र स्थलहरूमा हिंसा भड्काउन खोजिएको उल्लेख गरेको छ ।

यी विषय युससिआइआरएफको वार्षिक प्रतिवेदनमा वरिष्ठ नीति विश्लेषक सेमा हसनद्वारा देखिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ –युससिआइआरएपले पुनः अमेरिका सरकारको विदेश मन्त्रालयलाई भारत विशेष चासो देश (कन्ट्रि अफ पट्टिीकुलर कन्सर्न ‘सिपिसी’) का रुपमा वर्गीकृत गर्न सिफारिस गरेको छ । जसले धार्मिक स्वतन्त्रताविरुद्ध प्रणालीगत, निरन्तर गम्भीर उलङ्घन गरेको बताएको छ ।

यी सिफासिहरूको बावजुद अमेरिकी विदेश मन्त्रालयले अहिलेसम्म भारतलाई सिपिसी वर्गीकरणमा राख्ने युससिआइआरएफको सिफारिसलाई अस्वीकर गरेको छैन ।

‘यो प्रतिवेदनले –२०२४ को समयमा व्यक्तिहरूलाई हत्या, कुटपिट, र लिंचिङ गरिएका घटनाहरूको बारेमा उजागर गरेको छ, धार्मिक नेताहरूलाई मनोमानी रूपमा पक्राउ गरिएको छ, र घर र पूजा स्थलहरूलाई ध्वस्त गरिएको छ । यी घटनाहरू धार्मिक स्वतन्त्रताको विरुद्ध विशेष गरी गम्भीर उललङ्घन हुन्’ युससिआइआरएफले आफ्नो प्रतिवेदनमा भनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register