लेबनानका प्रधानमन्त्रीले गरे इजरायलसँग युद्धविराम गर्न राष्ट्रसंघीय प्रस्तावको आह्वान

बेरुत । लेबनानका प्रधानमन्त्री नजिब मिकातीले शुक्रबार संयुक्त राष्ट्रसंघ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गरेका छन् । टेलिभिजनमा सम्बोधन गर्दै उनले युद्धविरामको एउटा अंशका रूपमा इजरायलसँगको सीमामा सेना तैनाथ गर्न आफ्नो सरकारको प्रतिबद्धतामा जोड दिँदै हिजबुल्लाह यस विषयमा सहमत भएको बताए । लेबनानको विदेश मन्त्रालयले राष्ट्रसङ्घीय […]

Oct 11, 2024 - 17:41
 0
लेबनानका प्रधानमन्त्रीले गरे इजरायलसँग युद्धविराम गर्न राष्ट्रसंघीय प्रस्तावको आह्वान

बेरुत । लेबनानका प्रधानमन्त्री नजिब मिकातीले शुक्रबार संयुक्त राष्ट्रसंघ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गरेका छन् ।

टेलिभिजनमा सम्बोधन गर्दै उनले युद्धविरामको एउटा अंशका रूपमा इजरायलसँगको सीमामा सेना तैनाथ गर्न आफ्नो सरकारको प्रतिबद्धतामा जोड दिँदै हिजबुल्लाह यस विषयमा सहमत भएको बताए ।

लेबनानको विदेश मन्त्रालयले राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई ‘पूर्ण र तत्काल युद्धविराम’ को आह्वान गर्ने प्रस्ताव जारी गर्न अनुरोध गर्ने उनले बताए ।

उनका अनुसार लेबनान सरकार सन् २००६ मा अपनाइएको र मुलुकको दक्षिणमा लेबनानी सेना र शान्तिसेना मात्र तैनाथ हुनुपर्ने आह्वानसहितको ‘प्रस्ताव १७०१ को पूर्ण कार्यान्वयन’ प्रति प्रतिबद्ध छ ।

“लेबनान दक्षिणमा सेनाको तैनाथी र सीमामा यसको उपस्थिति बलियो बनाउन प्रतिबद्ध छ”, उनले भने, “हिजबुल्लाह यस विषयमा सहमत छ ।”

एउटा सरकारी स्रोतले हिजबुल्लाहले लेबनानी अधिकारीहरूलाई सेप्टेम्बर २७ मा इजरायलसँग युद्धविराम स्वीकार गरेको जानकारी दिएको थियो । उक्त दिन इजरायली आक्रमणमा यसका नेता हसन नसरल्लाहको मृत्यु भएको थियो ।

यसअघि हिजबुल्लाहले गाजामा आफ्नो प्यालेस्टिनी सहयोगी हमाससँग पनि युद्धविराम भएमा मात्र युद्धविराम स्वीकार्ने बताएको थियो ।

प्रधानमन्त्री मिकातीले संयुक्त राष्ट्र अन्तरिम बल लेबनान (युनिफिल) माथिको आक्रमणलाई पनि ‘अपराध’ भन्दै निन्दा गर्नुभयो । लेबनानी सञ्चारमाध्यम र विदेश मन्त्रालयका अनुसार लगातार दुई दिन इजरायली बलहरूले शान्तिसैनिकहरूलाई लक्षित गरी आक्रमण गरेका थिए ।

लेबनानी अधिकारीहरूका अनुसार एक वर्षको युद्धमा दुई हजार एक सयभन्दा बढी मानिसको मृत्यु र १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register