मधेसमा बज्न छाड्यो नगारा

जनकपुरधाम । मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादशैंको पुराना लोकपरम्परा हराउँदै गएको छ । दशैं सुरु हुनासाथ नगररगाउँ बस्तीमा बज्ने ढोल (नगारा) बज्न छाडेपछि स्थानीय लोकपरम्परा हराउँदै गएको हो । “गाम घरमें आब न ढोल बजैय” (गाउँघरमा अब ढोल बज्न छोडेछ) धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी ७६ वर्षीया गीता देवी झा भन्छिन्, “दशहारा पावैन आयल बुझाइए […]

Oct 5, 2024 - 10:49
 0
मधेसमा बज्न छाड्यो नगारा

जनकपुरधाम । मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादशैंको पुराना लोकपरम्परा हराउँदै गएको छ । दशैं सुरु हुनासाथ नगररगाउँ बस्तीमा बज्ने ढोल (नगारा) बज्न छाडेपछि स्थानीय लोकपरम्परा हराउँदै गएको हो ।

“गाम घरमें आब न ढोल बजैय” (गाउँघरमा अब ढोल बज्न छोडेछ) धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी ७६ वर्षीया गीता देवी झा भन्छिन्, “दशहारा पावैन आयल बुझाइए न रहल अई” (दशैं पर्व लागेजस्तो नै बुझिन्न) ।

दशैं सुरु भएको ३/४ दिन भइसक्दासम्म बस्तीमा ढोल बजेको सुन्न नपाइएको झा बताउँछिन् ।

जनकपुरधामसहित मिथिलाञ्चलमा नवरात्र सुरु भएसँगै बस्तीमा ‘दशैं के ढोल’ भन्दै चमार नाइकेले बजाउने ढोल बज्न छाडिएपछि गीता देवीजस्तै यस भेगका सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन्।

“बौवा, पुरान परम्परा सब हेराय लागल, चिन्ता लगैय जे आब हमर कि पहिचान रहत ?” (बाबु, पुराना परम्परा हराउँदै गए, अब चिन्ता लाग्दैछ, अब हाम्रो के पहिचान रहला ?) धनुषा कै क्षीरेश्वरनाथ नगरपालिकाका पूर्व शिक्षक ७२ वर्षीय लालबाबु झा भन्छन् ।

घटस्थापनाकै दिन बस्तीका चमार जातिका अगुवा ठूलो आवाजको नगरा (ढोल) बजाउँदै ‘दशैं के ढोल’ भनेर कराउँदै हिँड्दा स–साना नानी उनका अघिपछि झुम्मिने गरेका कुरा अब दन्त्यकथाजस्तै भएको बुढापाका बताउँछन् ।

गाउँनगर बस्तीका पाका चमार जातिका अगुवा बुढ्याँइले हिँडडुल गर्न छोडेर नयाँ पुस्ताका चमार युवाले पुरानो थिति नअँगालेपछि अब दशैंको ढोल बज्न छाडेको हो।

“कि करु हजुर, जवतक शरीर साथ देलक तबतक ढोल बजैली, आब बेटा/पोता ढोल बजाव नइ चाहैय है, कि करु ?” (के गरौँ हजुर, जहिलेसम्म शरीरले साथ दियो, रमाइलो मानेर ढोल बजाउँथे, अब छोरा/नाति ढोल बजाउन चाँहदैनन्, के गरौँ ?) क्षीरेश्वरनाथ–७ हरिहरपुर चमारटोलका ७५ वर्षीय चमार समुदायका अगुवा भरोसी महरा चमार भन्छन् ।

दलित समुदायभित्रको चमार जातिका नयाँ पुस्ताका किशोर र युवा रोजगारीका लागि भारत र अरब, कतार, मलेसीया जस्ता खाडी मुलुक जान थालेपछि पुख्यौली रितिथिति र पेशा थाम्न छाडेको कुरा ओझलिएको चमार जातिका पाका उमेरका अगुवाहरु बताउँछन् ।

मैथिलीका साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडीले लोकसंस्कृतिको अभिन्न अंग मानिने यस्ता परम्परा अब लोप हुने अवस्थामा पुगेको बताए ।

उनी भन्छन्, “पुरानो यो लोकसंस्कृति कायम राख्न अब यसलाई समयअनुसार परिष्कृत गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ । यो अभिभारा अब नयाँ पुस्ताले उठाउनुपर्ने र स्थानीय सरकारले यसको संरक्षण सम्वर्द्धनमा लाग्नुपर्ने आवश्यकता छ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register