बाढी प्रभावितको उद्धार र राहतका काम व्यवस्थित गर्न सरकारलाई माओवादीको ध्यानाकर्षण (ज्ञापनपत्रसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार सिंहदरबारमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई बाढी, पहिरो र डुबानका कारण अकल्पनीय मानवीय तथा भौतिक क्षति भएको सन्दर्भमा विपत् प्रतिकार्य, पुनर्स्थापना, पुनर्निर्माणलगायतका विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो । सरकार […]

Oct 6, 2024 - 14:13
 0
बाढी प्रभावितको उद्धार र राहतका काम व्यवस्थित गर्न सरकारलाई माओवादीको ध्यानाकर्षण (ज्ञापनपत्रसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार सिंहदरबारमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई बाढी, पहिरो र डुबानका कारण अकल्पनीय मानवीय तथा भौतिक क्षति भएको सन्दर्भमा विपत् प्रतिकार्य, पुनर्स्थापना, पुनर्निर्माणलगायतका विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

सरकार एक्लैको प्रयासले विपत् व्यवस्थापन सम्भव नहुने भएकाले विपद् व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो दल तयार रहेको माओवादीले जनाएको छ ।

त्यस्तै माओवादीले राहत वितरणको झन्झटिलो प्रक्रियालाई छोट्याएर स्थानीय तहसँग समन्वय गरी पीडित जनताहरूलाई दशैंअघि नै राहत दिन माग गरेको छ ।

बाढी तथा पहिरोका कारण अवरुद्ध राजमार्गहरुलाई यथाशीघ्र सञ्चालनमा ल्याउन मर्मतको कार्यमा तीव्रता दिनुपर्ने, विभिन्न राजमार्गमा अलपत्र परेका सवारी साधन र यातायात मजदूरलाई राहत एवं उद्धार कार्य युद्धस्तरमा अगाडि बढाउन माओवादीले सरकारको ध्यानाकर्षण गराएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

उनले बाढी र पहिरोका कारण क्षति भएको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको हेडवक्स निर्माण गरी सञ्चालनमा ल्याउन पनि माग गरिएको बताए ।

माओवादीको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले विपद्का न्यूनीकरण गर्ने र आइलागेको विपद्को सामना गर्न सबै पक्ष मिलेर गर्नुपर्ने र यस काममा सरकारले अगुवाइ गर्ने बताए ।

सो अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू वर्षामान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरु सहभागी थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register