गाजा युद्धको १ वर्ष : हरेक घण्टा १५ प्यालेस्टाइनीले गुमाए ज्यान

काठमाडौं । इजरायली सेना र हमासबीचको भिडन्त आज (अक्टोबर ७) एक वर्ष पूरा भएको छ । हमास लडाकुले अक्टोबर ७, २०२३ मा इजरायलमा ठूलो आक्रमण गरेको थियो । उक्त आक्रमणमा झन्डै १,२०० जनाको ज्यान गएको थियो भने २५१ जनालाई हमासका लडाकुहरूले अपहरण गरी गाजा लगेका थिए । आक्रमण लगत्तै इजरायली सेनाले हमासविरुद्ध आक्रमण सुरु गरेको […]

Oct 7, 2024 - 09:33
 0
गाजा युद्धको १ वर्ष : हरेक घण्टा १५ प्यालेस्टाइनीले गुमाए ज्यान

काठमाडौं । इजरायली सेना र हमासबीचको भिडन्त आज (अक्टोबर ७) एक वर्ष पूरा भएको छ ।

हमास लडाकुले अक्टोबर ७, २०२३ मा इजरायलमा ठूलो आक्रमण गरेको थियो । उक्त आक्रमणमा झन्डै १,२०० जनाको ज्यान गएको थियो भने २५१ जनालाई हमासका लडाकुहरूले अपहरण गरी गाजा लगेका थिए ।

आक्रमण लगत्तै इजरायली सेनाले हमासविरुद्ध आक्रमण सुरु गरेको थियो । इजरायली रक्षा बलले गाजा पट्टी, वेस्ट बैंक र लेबनानमा युद्धको एक वर्षको अवसरमा आफ्नो सञ्चालनबाट सार्वजनिक डाटा सार्वजनिक गरेको छ ।

टाइम्स अफ इजरायलको रिपोर्टका अनुसार इजरायली सेनाले आफ्नो भूमिमा प्रहार गरिएका रकेटको संख्या र त्यसले गरेको आक्रमणको जानकारी दिएको छ ।

तथ्याङ्ककाअनुसार युद्ध सुरु भएदेखि नै गाजा पट्टीमा आईडीएफले हमास र अन्य समूहका १७ हजार लडाकुलाई मारेको छ ।

हरेक घण्टा १५ जनाले गुमाउँछन् ज्यान 

इजरायलले १७,००० हमास लडाकुलाई मारेको दाबी गरेको छ  भने गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली हमलामा ४१,००० भन्दा बढी प्यालेस्टाइनी मारिएको जनाएको छ । यसबाट गाजामा ठूलो संख्यामा सर्वसाधारणको पनि ज्यान गएको स्पष्ट हुन्छ ।

यो तथ्यांक हेर्दा एक वर्षको अवधिमा गाजामा हरेक घण्टा ६ बालबालिकसहित १५ जनाले ज्यान गुमाएको देखिएको छ । आईडीएफको तथ्यांकअनुसार गाजामा औसतमा प्रत्येक घण्टा प्रहार हुने २४ वटा बमका कारण १२ भवन ध्वस्त भएका छन् ।

अक्टोबर ४ सम्मको तथ्यांकअनुसार कम्तीमा १ सय २८ जना पत्रकार मारिएका कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे)ले जनाएको छ । तीमध्ये १ सय २३ जना प्यालेस्टिनी, ३ जना लेबनानी र २ जना इजरायली छन् । मारिएकामध्ये ५ पत्रकारलाई आईडीएफले प्रत्यक्ष निसाना बनाएको सीपीजेले जनाएको छ ।

३५ पत्रकार घाइते भएका छन् भने २ पत्रकार सम्पर्कविहीन छन् । ६९ पत्रकार पक्राउ परेका छन् भने कैयौंका परिवारका सदस्यको हत्या तथा धम्की दिइएको सीपीजीले जनाएको छ ।

आईडीएफका तथ्याङ्कहरूले उसले आठ हमास ब्रिगेड कमाण्डर र ३० भन्दा बढी बटालियन कमाण्डर मारिएको बताएको छ । आईडीएफले १६५ भन्दा बढी हमास कम्पनी कमाण्डर र समान श्रेणीका लडाकुहरूलाई मारेको दाबी पनि गरेको छ ।

आईडीएफले युद्धको सुरुवातदेखि गाजा पट्टीमा हमासका ४०,३०० लक्ष्यहरू प्रहार गरेको र ४,७०० हमास सुरुङहरू फेला पारेको बताएको छ ।

हिजबुल्लाहसँग लामो समयको छिटपुट झडपपछि इजरायलले गत महिना लेबनानमा पनि आक्रमण गरेको थियो । आईडीएफले लेबनानमा ८०० भन्दा बढी हिजबुल्लाह लडाकुलाई मारेको जनाएको छ । तीमध्ये हिजबुल्लाहका ९० वरिष्ठ कमाण्डर थिए ।

हिजबुल्लाहका ११ हजार स्थानमा प्रहार

आईडीएफको तथ्याङ्क अनुसार यसले लेबनानमा लगभग ११००० हिजबुल्लाह लक्ष्यहरूलाई प्रहार गरेको छ । इजरायलमाथिको आक्रमणको कुरा गर्ने हो भने गाजा, लेबनानलगायत धेरै मोर्चाबाट इजरायलमा २६ हजारभन्दा बढी रकेट, मिसाइल र ड्रोन प्रहार गरिएको छ ।

गाजाबाट भएको आक्रमणमा १३,२०० क्षेप्यास्त्रहरू प्रहार भएका थिए । जसमध्ये सबैभन्दा बढी ५ हजार हमला इजरायलमा गाजाबाट र १२ हजार ४ सय आक्रमण लेबनानबाट भएको थियो । यसबाहेक यमन, सिरिया र इरानबाट पनि आक्रमण भएको थियो ।

आईडीएफले युद्धको क्रममा इराकबाट इजरायलमा कति ड्रोन र क्षेप्यास्त्र प्रहार गरियो भन्ने कुरा भने खुलाएको छैन ।

७२८ इजरायली सैनिक मारिए

तथ्यांकअनुसार अक्टोबर ७ देखि अहिलेसम्म ७२८ इजरायली सैनिक, आरक्षित सैनिक र स्थानीय सुरक्षा अधिकारी मारिएका छन् भने ४ हजार ५७६ जना घाइते भएका छन् । जसमध्ये गाजामा जमिन आक्रमणमा ३४६ जनाको मृत्यु भएको थियो भने गाजामा २ हजार २९९ जना घाइते भएका थिए ।

आईडीएफले गाजामा आपसी गोलीबारीमा फरक परिस्थितिमा आफ्ना ५६ सैनिक मारिएको जनाएको छ ।

आईडीएफले वेस्ट बैंकमा सैनिकहरूले ६९० बन्दुकधारी र सैनिकहरूसँग भिडन्त गर्ने मानिसहरूलाई मारेको बताएको छ । आईडीएफले एक वर्षमा वेस्ट बैंकमा १५० ब्रिगेड-स्तरीय छापा मारेको छ र विभिन्न आरोपमा प्यालेस्टिनीहरूको ३० घरहरू ध्वस्त पारेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register