अमेरिकाले भिसा नदिएपछि सन्दीप लामिछाने क्यानडाबाटै घर फर्किए

काठमाडौं । आईसीसी क्रीकेट विश्वकप लिग २ सहित त्रिकोणात्मक टी-२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय टिम क्यानडाबाटै अमेरिका प्रस्थान गर्दा नेपाली राष्ट्रिय टिमका मेघा स्टार सन्दीप लामिछाने भने स्वदेश फर्किएका छन् । नेपालले अमेरिकामा लागि– २ का खेलहरू अक्टोबर २५ देखि खेल्ने छ । नेपाली टोली भने क्यानडाबाटै अमेरिका गएको छ । आइसिसी विश्वकप लिग– २ […]

Oct 11, 2024 - 16:39
 0
अमेरिकाले भिसा नदिएपछि सन्दीप लामिछाने क्यानडाबाटै घर फर्किए

काठमाडौं ।

आईसीसी क्रीकेट विश्वकप लिग २ सहित त्रिकोणात्मक टी-२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय टिम क्यानडाबाटै अमेरिका प्रस्थान गर्दा नेपाली राष्ट्रिय टिमका मेघा स्टार सन्दीप लामिछाने भने स्वदेश फर्किएका छन् ।

नेपालले अमेरिकामा लागि– २ का खेलहरू अक्टोबर २५ देखि खेल्ने छ । नेपाली टोली भने क्यानडाबाटै अमेरिका गएको छ ।

आइसिसी विश्वकप लिग– २ का खेल खेल्न क्यानडा गएका लामिछाने अमेरिकाको भिसा नदिएपछि स्वदेश फर्किएका हुन् ।

सन्दीपले अदालतबाट आफूमाथि लागेको मुद्दामा सफाइ पाए पनि अमेरिकाले उनलाई भिसा दिन मानेको छैन । सन्दीपले क्यानडा जानुभन्दा अघि नै अमेरिकाको लागि भिसा प्रक्रिया थालेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register