सामुदायिक सेवा केन्द्र टुँडालदेवीको चियापान तथा छलफल, चाडपर्वमा हुने चोरी रोक्न सतर्क हुन आग्रह

काठमाडौं । बडा दशैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वहरूको अवसरमा सामुदायिक सेवा केन्द्र टुँडालदेवी र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धी छलफल र शुभकामना आदानप्रदान चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता रामप्रसाद न्यौपानेले गरेका थिए भने प्रमुख अतिथिका रूपमा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल जङ शाह […]

Oct 8, 2024 - 13:53
 0
सामुदायिक सेवा केन्द्र टुँडालदेवीको चियापान तथा छलफल, चाडपर्वमा हुने चोरी रोक्न सतर्क हुन आग्रह

काठमाडौं । बडा दशैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वहरूको अवसरमा सामुदायिक सेवा केन्द्र टुँडालदेवी र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धी छलफल र शुभकामना आदानप्रदान चियापान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता रामप्रसाद न्यौपानेले गरेका थिए भने प्रमुख अतिथिका रूपमा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल जङ शाह थिए ।

कार्यक्रममा काठमाडौ महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जनको विशेष आतिथ्यता पनि थियो ।

कार्यक्रममा शान्ति सुरक्षा विषयमा गहन छलफल हुनुका साथै शाहले चाडपर्वको समयमा हुन सक्ने चोरी रोक्न उच्च सतर्कता अपनाइने जानकारी गराएका थिए । साथै, स्थानीय सरकारबाट शान्ति सुरक्षामा निरन्तर प्रयास जारी राखिने वडाध्यक्ष महर्जनले बताए ।

उक्त अवसरमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष न्यौपानेले यस क्षेत्रमा शान्ति प्रबद्र्धनका कार्यक्रम नियमित सञ्चालनमा रहेको उल्लेख गरे । विभिन्न समुदायका प्रतिनिधिहरू, संघ–संस्थाहरू र समाजसेवीहरूको उपस्थिति कार्यक्रममा देखिन्थ्यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register