बेलायतको जनसंख्या वृद्धिमा प्रमुख कारक इमिग्रेसन

लन्डन- इमिग्रेसनका कारण बेलायतमा पाँच दशकयताकै उच्च दरमा जनसंख्या वृद्धि भएको छ । गत वर्षको मध्यसम्मको एक वर्षमा बेलायतको जनसंख्या झण्डै १ प्रतिशतले बढेर ६८ दशमलव ३ मिलियन (६ करोड ८३ लाख) पुगेको छ । मंगलबार अफिस फर नेश्नल स्टाटिस्टिक्स (ओएनएस) बाट जारी तथ्यांकअनुसार सन् २०२३ को मध्यसम्मको एक वर्षमा भएको जनसंख्याको यो वृद्धि पछिल्लो […]

Oct 8, 2024 - 15:52
 0
बेलायतको जनसंख्या वृद्धिमा प्रमुख कारक इमिग्रेसन

लन्डन- इमिग्रेसनका कारण बेलायतमा पाँच दशकयताकै उच्च दरमा जनसंख्या वृद्धि भएको छ ।

गत वर्षको मध्यसम्मको एक वर्षमा बेलायतको जनसंख्या झण्डै १ प्रतिशतले बढेर ६८ दशमलव ३ मिलियन (६ करोड ८३ लाख) पुगेको छ ।

मंगलबार अफिस फर नेश्नल स्टाटिस्टिक्स (ओएनएस) बाट जारी तथ्यांकअनुसार सन् २०२३ को मध्यसम्मको एक वर्षमा भएको जनसंख्याको यो वृद्धि पछिल्लो ५३ वर्षयताकै उच्च हो।

बेलायतको जनसंख्या वृद्धिको पछाडि सबैभन्दा ठूलो कारक इमिग्रेसनलाई नै ठानिएको छ । बेलायतका चारै राज्यमा जनसंख्याको वृद्धिमा सबैभन्दा ठूलो भूमिका विदेशी मुलुकबाट भित्रिएका आपवासी नै छन्। उक्त अवधिमा भएका जन्मभन्दा मृत्युको संख्या कम रहेका कारण पनि जनसंख्या वृद्धिमा इमिग्रेसनको भूमिका स्पष्ट भएको छ ।

ओएनएसका अनुसार सन् २०२३ को जुन महिनाको जनसंख्या पाँच वर्षअघि सन् २०१८ को तुलनामा २० लाखले बढी हो । पाँच वर्षअघि ६ करोड ६३ लाख रहेको जनसंख्या गत वर्षसम्म ६ करोड ८३ लाखमा आइपुगेको हो ।

एक वर्षको अवधिमा बेलायतले काम, अध्ययन र परिवार रुटमा गरी जम्मा ११ लाख ६० हजार विदेशीलाई भिसा दिएको थियो ।

सोही अवधिमा ७५ हजार बढी विदेशीले शरणार्थी वा त्यस्तै क्याटेगोरीाम भिसा पाएका थिए भने गैरकानूनी मार्गबाट बेलायत भित्रिनेहरु ३८ हजार ७ सय थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register