बाढीपहिरो पीडित राहत सामग्री हस्तान्तरण

काठमाडौं । कांग्रेस महानगर वडा २३ इकाई कार्यसमितिले काभ्रेको रोशी गाउँपालिकाका बाढी पहिरो र डुवानको वितण्डाबाट प्रभावितहरुलाई राहत सामग्री हस्तान्तरण गरेको छ । इकाई सभापति उत्तम रत्न मानन्धर, काठमाडौं कांग्रेस क्षेत्र नं.८ क प्रदेश सचिव सुशान वैद्य सहितको प्रतिनिधि मण्डलले राहत सामाग्री काभ्रे कांग्रेसका सभापति समेत रहेका बागमती प्रदेश सभा सदस्य तीर्थ लामालाई बुधवार हस्तान्तरण […]

Oct 9, 2024 - 09:55
 0
बाढीपहिरो पीडित राहत सामग्री हस्तान्तरण

काठमाडौं ।

कांग्रेस महानगर वडा २३ इकाई कार्यसमितिले काभ्रेको रोशी गाउँपालिकाका बाढी पहिरो र डुवानको वितण्डाबाट प्रभावितहरुलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।

इकाई सभापति उत्तम रत्न मानन्धर, काठमाडौं कांग्रेस क्षेत्र नं.८ क प्रदेश सचिव सुशान वैद्य सहितको प्रतिनिधि मण्डलले राहत सामाग्री काभ्रे कांग्रेसका सभापति समेत रहेका बागमती प्रदेश सभा सदस्य तीर्थ लामालाई बुधवार हस्तान्तरण गरेको हो ।

बाढीपहिरो र डुवानको वितण्डाबाट प्रभावितको प्रयोजनका लागि महानगर वडा न २३ इकाई कार्यसमितिले राहत सामाग्री संकलन गर्दै हस्तान्तरण गरेकोमा सहयोगी हातहरुलाई धन्यवाद दिँदै सभापति लामाले महाविपती समयमा सानो भन्दा सानो सहयोगले धेरै राहत पुग्ने बताए।

गत असोज १० देखि १२ गतेसम्म आएको मनसुनी वर्षाका कारण देशभर सिर्जित बाढी पहिरोका कारण दुई सय ४४ जनाको मृत्यु भएको छ भने १८ जना हराइरहेका छन् । अर्बौंको भौतिक संरचनामा क्षति पुगेको छ, भने बिपी राजमार्गलगायतका सडक सञ्जाल सञ्चालन हुन सकेका छैनन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register