नक्कली नोटसहित एक महिला पक्राउ

सुनसरी, २३ असोज । सुनसरीको हरीनगर गाउँपालिका–७ बाट नक्कली नोटसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । असोज २२ गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले हरीनगर गाउँपालिका–७ की ३१ वर्षीया हजरुल खातुनको घर खानतलासी गर्दा उनको ओच्छ्यान मुनी लुकाई छिपाई राखेको अवस्थामा नेपाली रुपैयाँको [...] The post नक्कली नोटसहित एक महिला पक्राउ appeared first on Jhapa Online.

Oct 9, 2024 - 13:46
 0
नक्कली नोटसहित एक महिला पक्राउ

सुनसरी, २३ असोज । सुनसरीको हरीनगर गाउँपालिका–७ बाट नक्कली नोटसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज २२ गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले हरीनगर गाउँपालिका–७ की ३१ वर्षीया हजरुल खातुनको घर खानतलासी गर्दा उनको ओच्छ्यान मुनी लुकाई छिपाई राखेको अवस्थामा नेपाली रुपैयाँको नक्कली नोट १ हजार दरको ५० थान र निषेधित औषधी नाईट्रोसन १०० चक्की समेत बरामद गरेको थियो ।

नक्कली नोट र निषेधित औषधीसहित पक्राउ परेकी खातुनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।

The post नक्कली नोटसहित एक महिला पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register