शकिब अल हसनले मागे माफी, के हो कारण ?

काठमाडौं । बंगलादेशका क्रिकेटर शकिब अल हसनले शेख हसिनाको तात्कालीन सरकारविरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शनका क्रममा मौन बसेकोमा बिना शर्त माफी मागेका छन् । शकिब अल हसनले माफी मागेपछि उनले बंगलादेशका लागि अन्तिम टेस्ट खेल्ने पक्का भएको बीबीसीले जनाएको छ । यो खेल दक्षिण अफ्रिकासँग हुनेछ । हसनले फेसबूकमा लेखेका छन्, “सबैभन्दा पहिले बलिदान दिने सबै […]

Oct 10, 2024 - 08:53
 0
शकिब अल हसनले मागे माफी, के हो कारण ?

काठमाडौं । बंगलादेशका क्रिकेटर शकिब अल हसनले शेख हसिनाको तात्कालीन सरकारविरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शनका क्रममा मौन बसेकोमा बिना शर्त माफी मागेका छन् ।

शकिब अल हसनले माफी मागेपछि उनले बंगलादेशका लागि अन्तिम टेस्ट खेल्ने पक्का भएको बीबीसीले जनाएको छ । यो खेल दक्षिण अफ्रिकासँग हुनेछ ।

हसनले फेसबूकमा लेखेका छन्, “सबैभन्दा पहिले बलिदान दिने सबै विद्यार्थीहरूलाई म श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । म भेदभावविरोधी आन्दोलनको नेतृत्व गर्दा शहीद भएकाहरूलाई पनि श्रद्धाञ्जली दिन चाहन्छु।”

बंगलादेशमा विद्यार्थी आन्दोलनलाई समर्थन नगरेकोमा हसनको निकै आलोचना भएको थियो ।

टेस्ट सिरिज खेल्न भर्खरै भारत आएका हसनले अहिलेसम्म ७१ टेस्ट खेल खेलिसकेका छन् । उनले सुरक्षा उपलब्ध गराएमा बंगलादेशमा अन्तिम टेस्ट खेल्न चाहेको बताएका थिए ।

अक्टोबर २१ मा मिरपुरमा दक्षिण अफ्रिकाविरुद्ध हुने टेस्ट उनको अन्तिम टेस्ट खेल हुनसक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register