रोनाल्डो र सिल्भाको गोलमा पोर्चुगल विजयी

काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत पोर्चुगलले पोल्याण्डमाथि शानदार जित हासिल गरेको छ ।  गएराती सम्पन्न खेलमा पोर्चुगलले पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।  पोर्चुगलको जितमा बेर्नार्डो सिल्भा र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए भने एक गोल पोल्याण्डका जान बेडनारेकले आत्मघाती गोल गरेका थिए ।  त्यस्तै पोल्याण्डका लागि एक गोल पिओट […]

Oct 13, 2024 - 03:04
 0
रोनाल्डो र सिल्भाको गोलमा पोर्चुगल विजयी

काठमाडौं ।

युइएफए नेसन्स लिग अन्तर्गत पोर्चुगलले पोल्याण्डमाथि शानदार जित हासिल गरेको छ । 

गएराती सम्पन्न खेलमा पोर्चुगलले पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । 

पोर्चुगलको जितमा बेर्नार्डो सिल्भा र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए भने एक गोल पोल्याण्डका जान बेडनारेकले आत्मघाती गोल गरेका थिए । 

त्यस्तै पोल्याण्डका लागि एक गोल पिओट जिएलिन्सकीले गरेका थिए ।  यो जितपछि पोर्चुगलले नेसन्स लिग ए को समुह एक मा ३ खेलमा तिनै जित हासिल गर्दै ९ अंक बनाएको छ र समुहमा शिर्ष स्थानमा छ ।  त्यस्तै पोल्याण्डले भने ३ खेलमा ३ अंक बनाएको छ र समुहमा तेस्रो स्थानमा छ ।  

अब पोर्चुगलले अर्को खेल स्कटल्याण्डविरुद्ध अक्टोबर १६ मा खेल्ने तालिका छ भने पोल्याण्डले अक्टोबर १६ मै क्रोसियाको सामना गर्ने छ । 
       

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register