‘छक्का पञ्जा ५’ले तीन दिनमा कति कमायो ?

काठमाडौं । फूलपातीदेखि प्रदर्शन भइरहेको ‘छक्का पञ्जा ५’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । निर्माण पक्षकाअनुसार फिल्मले शनिबारसम्म ३ दिनमा करिब ५ करोड रूपैयाँ कमाइसकेको छ । फिल्मले उपत्यका र मोफसलमा राम्रो कमाई गरिरहेको छ । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे माग्ने बुढा र वर्षा शिवाकोटीको मुख्य भूमिका छ । दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकसहित […]

Oct 13, 2024 - 06:53
 0
‘छक्का पञ्जा ५’ले तीन दिनमा कति कमायो ?

काठमाडौं । फूलपातीदेखि प्रदर्शन भइरहेको ‘छक्का पञ्जा ५’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ ।

निर्माण पक्षकाअनुसार फिल्मले शनिबारसम्म ३ दिनमा करिब ५ करोड रूपैयाँ कमाइसकेको छ । फिल्मले उपत्यका र मोफसलमा राम्रो कमाई गरिरहेको छ ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे माग्ने बुढा र वर्षा शिवाकोटीको मुख्य भूमिका छ ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकसहित केदार र निर्मल शर्माको लगानी छ । दीपककै कथा, पटकथा र संवाद रहेको फिल्मको कथा कर्मचारीतन्त्र र राजनीतिमा केन्द्रित छ ।

फिल्ममा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रूपाखेती, लोकेन्द्र लेखकलगायतले पनि अभिनय गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register