दश वर्षमा झन्डै चार खर्बको विदेशी लगानी प्रतिबद्धता, ३८ प्रतिशत मात्रै भित्रियो 

काठमाडौं । दश वर्षको अवधिमा ३ खर्ब ९५ अर्ब ९२ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता (एफडीआई) आएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष ०७१/०७२ देखि गत आर्थिक वर्षसम्म उक्त रकम बराबरको लगानी प्रतिबद्धता आएको हो । तर प्रतिबद्धताको ३७ दशमलव ८९ प्रतिशत मात्रै एफडीआइ भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । आर्थिक वर्ष […]

Oct 14, 2024 - 09:53
 0
दश वर्षमा झन्डै चार खर्बको विदेशी लगानी प्रतिबद्धता, ३८ प्रतिशत मात्रै भित्रियो 

काठमाडौं । दश वर्षको अवधिमा ३ खर्ब ९५ अर्ब ९२ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता (एफडीआई) आएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष ०७१/०७२ देखि गत आर्थिक वर्षसम्म उक्त रकम बराबरको लगानी प्रतिबद्धता आएको हो ।

तर प्रतिबद्धताको ३७ दशमलव ८९ प्रतिशत मात्रै एफडीआइ भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । आर्थिक वर्ष ०७१/०७२ देखि गत आर्थिक वर्षसम्म १ खर्ब २६ अर्ब २९ करोड रुपैयाँ मात्रै लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष पनि प्रतिबद्धताको १३ दशमलव ५७ प्रतिशत मात्रै लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षमा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएकामा खुद ८ अर्ब ४० करोड ७ लाख रुपैयाँ मात्रै लगानी भित्रिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register