चीनले सैन्य शक्ति देखाएको हो कि ताइवानमा आक्रमण गर्ने योजना ?

काठमाडौं । चीनको जनमुक्ति सेनाको सैन्य अभ्यासको उद्देश्य ताइवानलाई दबाब दिनु हो । चीनले लामो समयअघि ताइवानलाई मूलभूमिमा समाहित गर्ने र आवश्यक परे त्यसका लागि बल प्रयोगसमेत गर्ने बताएको थियो । वास्तवमा सन् २०४९ मा चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको १०० वर्ष पूरा हुनेछ । चीनले यो शताब्दीअघि ताइवानलाई मूलभूमिमा समावेश गर्ने प्रयास गरिरहेको […]

Oct 14, 2024 - 09:53
 0
चीनले सैन्य शक्ति देखाएको हो कि ताइवानमा आक्रमण गर्ने योजना ?

काठमाडौं । चीनको जनमुक्ति सेनाको सैन्य अभ्यासको उद्देश्य ताइवानलाई दबाब दिनु हो ।

चीनले लामो समयअघि ताइवानलाई मूलभूमिमा समाहित गर्ने र आवश्यक परे त्यसका लागि बल प्रयोगसमेत गर्ने बताएको थियो ।

वास्तवमा सन् २०४९ मा चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको १०० वर्ष पूरा हुनेछ । चीनले यो शताब्दीअघि ताइवानलाई मूलभूमिमा समावेश गर्ने प्रयास गरिरहेको छ ।

आदर्श रूपमा के सोचिएको छ भने ताइवान स्वेच्छाले बेइजिढमा आत्मसमर्पण गर्नेछ । तर, ताइवानका जनता हङकङको जस्तो शासन चाहँदैनन् ।

वास्तवमा बेइजिङको यो प्रतिक्रिया ताइवानलाई चीनको रणनीतिक श्रेष्ठता सम्झना गराउनका लागि हो ।

हालै चीनले ताइवान आसपसका सबै क्षेत्रमा ठूलो मात्रामा सैन्य तैनाथ गरेको छ । यसमा हाइपरसोनिक मिसाइल, विमानवाहक, आणविक हतियार र पाँचौँ पुस्ताका लडाकु विमान समावेश छन् ।

पीएलए नौसेना अब संसारको सबैभन्दा ठूलो नौसेना भएको छ । अनि यो निरन्तर बढिरहेको छ ।

ताइवानमा ठूलो मात्रामा आक्रमण चिनियाँ कम्युनिस्ट पार्टीका लागि अन्तिम उपाय हुनेछ । किनभने यसमा धेरै खर्च हुनेछ । र, यो कदमले जनशक्ति र अर्थतन्त्रका हिसाबले विश्व अर्थतन्त्रलाई नोक्सान पुर्‍याउनेछ । –बीबीसीबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register