इजरायली आक्रमणमा परी २४ घण्टामा गाजामा ६२ जनाले गुमाए ज्यान

काठमाडौं । गाजामा भएको इजरायली हमलामा परी करिब ६२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा गाजामा भएको ४ इजरायली हमलामा परी ६२ जनाको मृत्यु र २२० जना घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । गाजास्थित एक विद्यालयमा शरण लिइरहेका २२ जना मारिएको हमास अधिकारीहरुले जनाएका छन् । जसमध्ये १५ जना बालबालिका थिए। […]

Oct 14, 2024 - 11:41
 0
इजरायली आक्रमणमा परी २४ घण्टामा गाजामा ६२ जनाले गुमाए ज्यान

काठमाडौं । गाजामा भएको इजरायली हमलामा परी करिब ६२ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा गाजामा भएको ४ इजरायली हमलामा परी ६२ जनाको मृत्यु र २२० जना घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

गाजास्थित एक विद्यालयमा शरण लिइरहेका २२ जना मारिएको हमास अधिकारीहरुले जनाएका छन् । जसमध्ये १५ जना बालबालिका थिए।

इजरायलको हवाई आक्रमणमा परी लेबनानमा ५१ जना मारिएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, आइतबार राति हाइफास्थित इजरायली सेनामा भएको हिजबुल्लाहको ड्रोन आक्रमणमा परी ४ इजरायली सिपाहीको मृत्यु भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register