डीएनए परीक्षणपछि इजरायलले भन्यो – हमासका मुख्य नेता सिनवार मारिए

काठमाडौं । इजरायलले हमासका मुख्य नेता याह्या सिनवार मारिएको पुष्टि गरेको छ । यद्यपी यसबारे हमासको प्रतिक्रिया आउन बाँकी छ । इजरायली सुरक्षा बल आइडीएफले बिहीबार राति विज्ञप्ति निकालेर बुधबार दक्षिणी गाजामा गरेको अप्रेसनमा सिनवार मारिएको जनाएको हो । त्यसअघि इजरायली विदेशमन्त्री इजरेल काट्जले पनि सिनवारको मृत्यु  भएको भन्दै संसारभरका आफ्ना दर्जनौं समकक्षीलाई व्यक्तिगत सन्देश […]

Oct 17, 2024 - 18:23
 0
डीएनए परीक्षणपछि इजरायलले भन्यो – हमासका मुख्य नेता सिनवार मारिए

काठमाडौं । इजरायलले हमासका मुख्य नेता याह्या सिनवार मारिएको पुष्टि गरेको छ । यद्यपी यसबारे हमासको प्रतिक्रिया आउन बाँकी छ ।

इजरायली सुरक्षा बल आइडीएफले बिहीबार राति विज्ञप्ति निकालेर बुधबार दक्षिणी गाजामा गरेको अप्रेसनमा सिनवार मारिएको जनाएको हो ।

त्यसअघि इजरायली विदेशमन्त्री इजरेल काट्जले पनि सिनवारको मृत्यु  भएको भन्दै संसारभरका आफ्ना दर्जनौं समकक्षीलाई व्यक्तिगत सन्देश पठाएको बीबीसीले जनाएको छ ।

सन्देशमा उनले गतवर्ष अक्टोवर सातमा भएको आक्रमणको मास्टरमाइन्ड हमास नेतालाई इजरायली सैनिकले बिहीबार मारेको उल्लेख गरेका छन् ।

काट्जले यो इजरायलको लागि महत्त्वपूर्ण सैन्य र नैतिक उपलब्धि भएको र इरानको नेतृत्वमा कट्टरपन्थी इस्लामको दुष्टताविरुद्ध सम्पूर्ण स्वतन्त्र संसारको विजय भनेका छन् ।

‘सिनवारको मृत्युले बन्धकको तुरुन्तै रिहाइको लागि सम्भावना खोल्ने र गाजामा परिवर्तनको मार्ग प्रशस्त गर्दछ’ इजरायली विदेशमन्त्रीले बताएका छन् ।

यसअघि इजरायली सुरक्षा बल आइडीएफले सिनवार मारिएको हुनसक्ने भन्दै डीएनए परीक्षण भइरहेको जनाएको थियो । लगत्तै विदेशमन्त्रीले आफ्ना समकक्षीलाई सन्देश पठाउँदै मारिएको पुष्टि गरेका थिए ।

हमासले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । सिनवार हमासको सैन्य क्षेत्रका कमाण्डर थिए ।

यसअघि इरानमा भएको एक आक्रमणमा राजनीतिक कमाण्डर इस्माइल हनिया मारिएका थिए ।

हनियाको मृत्युपछि सिनवार नै हमासको मुख्य नेता थिए । उनी मारिएको इजरायली दाबी पुष्टि भएमा हमासका लागि यो निकै ठूलो क्षति हुनेछ ।

यो पनि पढ्नुहोस :

यी हुन् हमासका नयाँ नेता, जो युद्धबाटै इजरायललाई ध्वस्त पार्न चाहन्छन्

हमास नेता याह्या सिनवारको मृत्यु पुष्टि गर्न डीएनए परीक्षण गर्दै इजरायल

इस्माइल हानिया: शरणार्थी शिविरदेखि हमासको शीर्षसम्म, तीन छोरा गुमाएपछि अन्त्यमा आफैँ मारिए !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register