बन्यो ‘विपक्षी कार्यदल’, के काम गर्छ ?

काठमाडौं । विपक्षी दलहरूको बैठकले तीन सदस्यीय कार्यदल बनाएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको विपक्षी दलहरूको बैठकले तीन सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य शिशिर खनाल र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे छन् […]

Oct 18, 2024 - 07:17
 0
बन्यो ‘विपक्षी कार्यदल’, के काम गर्छ ?

काठमाडौं । विपक्षी दलहरूको बैठकले तीन सदस्यीय कार्यदल बनाएको छ ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको विपक्षी दलहरूको बैठकले तीन सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य शिशिर खनाल र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे छन् ।

कार्यदलले मुख्य रूपमा विपक्षी दलहरूको बीचमा समन्वय गर्ने काम गर्ने बताइएको छ । कार्यदलका सदस्य शिशिर खनालले भने, “हाम्रा कदमहरूका रेकर्ड पनि रहने र अझ व्यवस्थित गर्नेगरी यो कार्यदलले काम गर्छ ।”

कार्यदलले सुरुमा सरकारलाई बुझाइने ध्यानाकर्षणपत्रहरू बनाउने खनालले बताए । “अझ विशेषगरी चाहिँ विपक्षी दलहरूको बीचमा समन्वय गरिरहन्छ । जसका कारण हामीलाई सहज हुन्छ,” उनले भने ।

विपक्षी दलहरूले आगामी कात्तिक ५ गते राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई भेटेर गत असोज १० देखि १२ गतेसम्मको विपद्लगायतका विषयमा ध्यानाकर्षणपत्र बुझाउने भएका छन् ।

सरकार अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपरेको आरोप

यसैबीच बैठकले सरकार अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपरेको आरोप लगाएको छ ।

सरकार अध्यादेश ल्याएर पार्टीहरू फुटाउने दिशामा अग्रसर भएको देखिएकाले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालिएको बैठकमा सहभागी आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बताए ।

बैठकमा सहभागी रास्वपा नेता विराजभक्त श्रेष्ठले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यादेशबाट काम गर्ने बानी रहेको बताए ।

“संसद् हुँदा पनि उहाँले अध्यादेशबाट काम गर्नुहुन्छ, त्यो यसअघि पनि देखिएकै हो । अबचाहिँ त्यस्तो हुनुहुन्न भन्ने हाम्रो निष्कर्ष रह्यो,” उनले भने ।

  • सम्बन्धित समाचार

सरकारलाई ज्ञापनपत्र बुझाउँदै विपक्षी दलहरू

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register