एमाले पार्टी कार्यालय बनाउन रु. १ सहयोग (तस्वीरहरू)
नेकपा (एमाले) को पार्टी कार्यालय निर्माणका लागि रु. १ सहयोग सङ्कलन भन्दै अखिल क्रान्तिकारीले आज प्रदर्शनीमार्गमा साङ्केतिक विरोध गरेको छ ।
काठमाडौं । नेकपा (एमाले) को पार्टी कार्यालय निर्माणका लागि रु. १ सहयोग सङ्कलन भन्दै अखिल क्रान्तिकारीले आज प्रदर्शनीमार्गमा साङ्केतिक विरोध गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठनले आज नेपाल ल क्याम्पस अघि प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा एमाले पार्टी कार्यालय निर्माण गर्न आम जनताबाट प्रतिकात्मक रूपमा रु १ सहयोग उठाइएको छ ।
भाटभेटनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाइदिने भनेपछि यो विषय चर्चामा छ ।
दान दिएको भनिए पनि कमिसनमा मोलाहिजा भएको भन्दै विरोध भएपछि अखिल क्रान्तिकारीले पनि विरोध जनाएको हो ।
What's Your Reaction?