वडा अध्यक्षलाई जिम्मेवारी दिएर यूके आएका हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

लन्डन ।  वडा अध्यक्षलाई कार्यबाहक नगर प्रमुखको जिम्मेवारी दिने धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । अदालतले वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिनुको कारण पनि माग गरेको छ । आइतबार उपप्रमुख आइन्द्रबिक्रम बेघाले दायर गरेको रिटमा न्यायाधीश ध्रुवराज नन्दको इजालसले प्रमुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको […]

Oct 20, 2024 - 15:54
 0
वडा अध्यक्षलाई जिम्मेवारी दिएर यूके आएका हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश


लन्डन ।  वडा अध्यक्षलाई कार्यबाहक नगर प्रमुखको जिम्मेवारी दिने धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।

अदालतले वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिनुको कारण पनि माग गरेको छ । आइतबार उपप्रमुख आइन्द्रबिक्रम बेघाले दायर गरेको रिटमा न्यायाधीश ध्रुवराज नन्दको इजालसले प्रमुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उपमेयर बेघा कार्यकक्षमा हुँदाहुँदै नाताले मामाससुरा पर्ने वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएर साम्पाङ १७ नोभेम्बर राती यूके आएका छन् । उनी २ नोभेम्बर स्वदेश फर्कनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register