प्रधानमन्त्रीसँग विपक्षी दलहरूको भेट राति ८ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विपक्षी दलहरूको भेट राति ८ बजेका लागि तय भएको छ । यसअघि सोमबार (आज) अपराह्न ४ बजेका लागि निर्धारण भएको भेट सरेर ८ बजे पुगेको आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु साहले जानकारी दिए । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुम्ला छन् भने नेकपा (एकीकृत समाजवादी) का […]

Oct 21, 2024 - 13:13
 0
प्रधानमन्त्रीसँग विपक्षी दलहरूको भेट राति ८ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विपक्षी दलहरूको भेट राति ८ बजेका लागि तय भएको छ ।

यसअघि सोमबार (आज) अपराह्न ४ बजेका लागि निर्धारण भएको भेट सरेर ८ बजे पुगेको आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु साहले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुम्ला छन् भने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लुम्बिनी छन् । उनीहरू दुबै फर्किएपछि भेटघाट गर्नेगरी भेटको समय राति ८ बजे तोकिएको हो ।

विपक्षी दलहरूले सरकारका काम-कारबाही र कदमबारे सचेत गराउँदै अध्यादेशबाट शासन सञ्चालन नगर्न चेतावनी दिने तयारी गरेका छन् । उनीहरूले ज्ञापनपत्रसमेत तयार गरेका छन् ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने दलहरूमा माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register