शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ

उदयपुर । उदयपुरको बेलका ८ की एक महिलाको श्रीमानले महिलाको शरीरमा मटितेल छर्किएर घाइते बनाएकोमा उपचारका क्रममा आइतबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले दिएको जानकारी अनुसार बेलका नगरपालिका ८ का ४८ वर्षका दान बहादुर राईले असोज २२ गते घरायसी विवादका कारण ४० वर्षकी श्रीमती पूर्णकुमारी राईलाई राती साढे नौ […]

Oct 22, 2024 - 07:36
 0
शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ

उदयपुर ।

उदयपुरको बेलका ८ की एक महिलाको श्रीमानले महिलाको शरीरमा मटितेल छर्किएर घाइते बनाएकोमा उपचारका क्रममा आइतबार मृत्यु भएको छ । 
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले दिएको जानकारी अनुसार बेलका नगरपालिका ८ का ४८ वर्षका दान बहादुर राईले असोज २२ गते घरायसी विवादका कारण ४० वर्षकी श्रीमती पूर्णकुमारी राईलाई राती साढे नौ बजे घरको भान्सा कोठामा शरीरमा मटितेल छर्किएर आगो लगाएका थिए । उनको छाती र खुट्टाको भाग जलेकोमा तत्कालै बिराटनगर स्थित पारस अस्पतालमा उपचारकालागि लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्र. नि. कार्कीले दिएको जानकारी अनुसार आगोले जलेर घाइते भएकी पूर्ण कुमारीको बिराटनगर स्थित पारस अस्पतालमा उपचार भेरहेकोमा आइतबार ज्यान गएकोले निजको श्रीमानलाई बेलमा नपा स्थित इलाका प्रहरी कार्यालय रामापुर ठोक्सिलाले पक्राउ गरी जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कानुनी कार्वाही अधि बढाइएको छ । 

आइतबार नै मृतकको शवको पोस्टमार्टम गरेर भाइ यमोबल राईले शव बुझिलगेको र यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्र. नि . कार्कीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register