रावल, पाण्डे र तिम्सिनालाई सात दिनभित्र जवाफ दिन ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेले भीम रावलसहितका तीन जना नेताहरूलाई स्पष्टीकरण सोधेको छ । महासचिव शंकर पोखरेलले रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण पत्र पठाएका हुन् । एमाले केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । […]

Oct 22, 2024 - 12:31
 0
रावल, पाण्डे र तिम्सिनालाई सात दिनभित्र जवाफ दिन ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेले भीम रावलसहितका तीन जना नेताहरूलाई स्पष्टीकरण सोधेको छ ।

महासचिव शंकर पोखरेलले रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण पत्र पठाएका हुन् ।

एमाले केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

उनीहरुलाई सात दिनभित्र जवाफ दिन भनिएको छ । पत्रमा पार्टीको निर्णय विपरीत टिप्पणी गर्नुको कारण सोधिएको छ । पत्रमा ‘विधानको धारा ८१ बमोजिमको कारबाही किन गर्नु नपर्ने हो ?’ भनी सोधिएको छ ।

उनीहरुले पार्टीले जग्गा दान लिएकोबारे आलोचना गर्दै उक्त निर्णय सच्चाउन पार्टी नेतृत्वलाई सुझाव समेत दिएका थिए ।

गत २४ असोजमा बसेको एमाले सचिवालय बैठकले व्यावासायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा सहित एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेको थियो ।

२५ गते गुरुङसहित एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register