साफ वुमन्स च्याम्पियनसिपमा भारत र बंगलादेश भिड्दै

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आज बङ्गलादेशले भारतको सामना गर्दैछ । समूह ए को अन्तिम खेलमा साबिक विजेता बङ्गलादेशले भारतविरुद्ध लड्न लागेको हो । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे हुनेछ । भारत यसअघि नै समूह ए बाट सेमिफाइनल पुगिसकेको छ । आजको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो […]

Oct 23, 2024 - 04:49
 0
साफ वुमन्स च्याम्पियनसिपमा भारत र बंगलादेश भिड्दै

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आज बङ्गलादेशले भारतको सामना गर्दैछ । समूह ए को अन्तिम खेलमा साबिक विजेता बङ्गलादेशले भारतविरुद्ध लड्न लागेको हो ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे हुनेछ ।

भारत यसअघि नै समूह ए बाट सेमिफाइनल पुगिसकेको छ । आजको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।

भारतले च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानलाई ५\२ ले पराजित गरेको थियो । त्यसपछि बंगलादेश र पाकिस्तानले १(१ गोलको बराबरी खेले । यस खेलको नतिजाले भारतलाई एक खेल अगावै सेमिफाइनलमा पुर्‍याएको हो ।

बङ्गलादेशको लागि सेमिफाइनल पुग्न भारतसँग हार टारे पुग्नेछ । भारत जित वा बराबरीले समूह विजेता बन्नेछ । यही बंगलादेश विजयी भए बंगलादेश समूह विजेता र भारत समूह उपविजेताको रुपमा सेमिफाइनल पुग्नेछ ।

यस खेल बङ्गलादेशको लागि मात्र नभएर पाकिस्तानको लागि पनि महत्त्वपूर्ण छ ।

तीन वा बढी गोल अन्तरले बंगलादेश भारतसँग पराजित भएमा पाकिस्तानको सेमिफाइनल ढोका खुल्नेछ । त्योभन्दा कम अन्तरमा बंगलादेश पराजित भएमा भने बंगलादेश नै सेमिफाइनल पुग्नेछ र पाकिस्तान बाहिरिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register