एक सय दिनमा लक्षित कार्यक्रमको ९८ प्रतिशत काम पूरा भयो : मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले १०० दिनको अवधिमा लक्षित कार्यक्रमको ९८ प्रतिशत लक्ष्य पूरा भएको दाबी गरेका छन् । बुधबार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले आफू सरकारमा सहभागी भएको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै लक्षित कार्यक्रममा ९८ प्रतिशत लक्ष्य पूरा भएको बताएका हुन् । ‘असम्भव केही पनि छैन, एक्लै सम्भव छैन’ […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले १०० दिनको अवधिमा लक्षित कार्यक्रमको ९८ प्रतिशत लक्ष्य पूरा भएको दाबी गरेका छन् । बुधबार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले आफू सरकारमा सहभागी भएको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै लक्षित कार्यक्रममा ९८ प्रतिशत लक्ष्य पूरा भएको बताएका हुन् ।
‘असम्भव केही पनि छैन, एक्लै सम्भव छैन’ भन्ने नारा अनुसार ऊर्जा मन्त्रालयको अब्बल टीमका कारण सो उपलब्धि हासिल गरेको उनको भनाई छ ।
वर्षायाममा बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने सम्झौता ऐतिहासिक भएको उनले बताए ।
What's Your Reaction?