मीनबहादुरले एमालेलाई दिएको जग्गाविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङबाट नेकपा एमालेलाई प्राप्त जग्गाविरुद्ध परेको रिट न्यायाधीश डा. नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ । अधिवक्ता डा । ज्ञानबहादुर बस्नेतसमेतले दायर गरेको रिट बुधबार सर्वोच्चले दर्ता गरेको थियो । अधिवक्ता बस्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका छन् । उनले रिटमा भ्रष्टाचार र सरकारी जग्गा […]

Oct 24, 2024 - 06:49
 0
मीनबहादुरले एमालेलाई दिएको जग्गाविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङबाट नेकपा एमालेलाई प्राप्त जग्गाविरुद्ध परेको रिट न्यायाधीश डा. नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ ।

अधिवक्ता डा । ज्ञानबहादुर बस्नेतसमेतले दायर गरेको रिट बुधबार सर्वोच्चले दर्ता गरेको थियो ।

अधिवक्ता बस्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका छन् । उनले रिटमा भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानूनको मर्मविपरीत भएको जिकिर गरेका छन् ।

भाटभटेनी सुपरस्टोरका सञ्चालक गुरुङले गत असोज २५ गते काठमाडौंको कीर्तिपुर-२, मैत्रीनगरमा नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन १० रोपनी १४ आना जग्गा दिएको घोषणा गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्यास समेत गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register