श्रीलंकाविरुद्ध गोलको वर्षा गर्दै नेपाल, पहिलो हाफमै ४ गोल

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपालले ४–० को अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा सावित्रा भण्डारी ‘साम्बा’ ले दुई तथा रेखा पौडेल र सविता राना मगरले एक/एक गोल गरेका छन् । नेपाललाई सुरुवाती अग्रता सविता राना मगरले दिलाइन् ।  यस्तै, सावित्राले १०औँ मिनेटमा गोल गर्दै नेपाललाई २–० को अग्रता […]

Oct 24, 2024 - 13:49
 0
श्रीलंकाविरुद्ध गोलको वर्षा गर्दै नेपाल, पहिलो हाफमै ४ गोल

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपालले ४–० को अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा सावित्रा भण्डारी ‘साम्बा’ ले दुई तथा रेखा पौडेल र सविता राना मगरले एक/एक गोल गरेका छन् ।

नेपाललाई सुरुवाती अग्रता सविता राना मगरले दिलाइन् ।  यस्तै, सावित्राले १०औँ मिनेटमा गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाइन् । यस्तै, खेलको १२ औँ मिनेटमा रेखा पौडेलले गोल गर्दा नेपालले ३–० को अग्रता पायो ।   ३५औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० को अग्रता दिलाइन् ।

पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११–० ले हराएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register