श्रीलंकालाई ६-० ले हराउँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं ।  नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलले हराउँदै साफ महिला च्याम्पियनसिपको  सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा  नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालका लागि रेखा पौडेलले २, सावित्रा भण्डारी, सविता रानामगर, अस्मिता कार्की र रश्मी घिसिङले समान १/१ गोल गरे। नेपालले पहिलो हाफमै ४–० को अग्रता […]

Oct 24, 2024 - 15:01
 0
श्रीलंकालाई ६-० ले हराउँदै  नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं ।  नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलले हराउँदै साफ महिला च्याम्पियनसिपको  सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा  नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालका लागि रेखा पौडेलले २, सावित्रा भण्डारी, सविता रानामगर, अस्मिता कार्की र रश्मी घिसिङले समान १/१ गोल गरे।

नेपालले पहिलो हाफमै ४–० को अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले थप २ गोल गर्‍यो ।

नेपालले अब समूह ‘ए’ को उपविजेता भारतसँग खेल्नेछ। यस्तै समूह ‘बी’को उपविजेता बनेको भुटानले समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register