रवि लामिछानेले इजलासमै आक्रोशित, न्यायाधिशले संयमित हुन भनेपछि मागे माफी

सहकारी पीडित र लामिछाने पक्षका कानुन व्यवसायीले बहस गर्दागर्दै लामिछानेले आफ्ना कुरा पनि राख्ने इच्छा जाहेर गरेका थिए । त्यसपछि अनुमति पाएका लामिछानेले आफूलाई हिरासत राख्ने समय सरकारले लम्ब्याउन खोजेको आरोप लगाए ।

Oct 25, 2024 - 02:19
 0
रवि लामिछानेले इजलासमै आक्रोशित, न्यायाधिशले संयमित हुन भनेपछि मागे माफी

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले इजलासमै आक्रोश पोखेको छन् ।

बिहीबार इजलासमा आफ्ना कुरा राख्ने क्रममा प्रतिसोधको हिसाबले पक्राउ गरिएको बहसमा संलग्न कानुन व्यवसायीहरूले बताए ।

सहकारी पीडित र लामिछाने पक्षका कानुन व्यवसायीले बहस गर्दागर्दै लामिछानेले आफ्ना कुरा पनि राख्ने इच्छा जाहेर गरेका थिए । त्यसपछि अनुमति पाएका लामिछानेले आफूलाई हिरासत राख्ने समय सरकारले लम्ब्याउन खोजेको आरोप लगाए ।

’बयान लिने काम अघि बढाउँदैन । यत्तिका दिनसम्म जम्मा ४ घण्टा बयान भयो । सरकारले प्रतिशोध साधेर धेरै दिन थुनामा राख्न खोजेको छ,’ लामिछानेले भने, ’ दुइटा ठुला दलले षड्यन्त्र गरेर मलाई फसाएका हुन् । उनीहरूले मेरो राजनीति सिद्ध्याउन खोजेका हुन् ।’

उनले चर्केर बोलेपछि न्ययाधिशले यो अदालत भएको र संयमित भएर कुरा राख्न आग्रह गरेका थिए । त्यसपछि उनले आफू पीडित भएको जिकिर गर्दै आक्रोश स्वभाभिक रहेको बताउँदै माफी मागेका थिए ।

बिना कारण सरकारले हिरासतमा राखेको दाबी गर्दै उनले आफूलाई प्रहरी हिरासतमा पनि ज्यादती भएको बताए ।

सहकारी ठगी र सङ्गठित अपराधमा रविविरुद्ध माघ २२ गते जाहेरी परेको थियो ।

त्यो जाहेरीका अधारमा प्रहरीले कात्तिक २ गते पक्राउ परेर पोखरा ल्याएको थियो । उनलाई पहिलो पटक अदालतले आइतबार ६ दिन हिरासतमा राख्न म्याद दिएको थियो । बिहीबार सरकारी वकिल कार्यालयले रविलालाई २५ दिन हिरासतमा राख्न समय मागेपनि थप ७ दिन समय दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register