पटका प्रतिबन्धको अनुगमन तीव्र

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले चाडपर्वको समयमा पटका र पटकाजन्य पदार्थको बिक्री-वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएसँगै बजार अनुगमन तीव्र बनाएको छ । नेपाली हिन्दूहरूको चाड तिहारलाई मध्यनजर गर्दै नगरपालिका प्रमुख दीपक कुमार रिसालले गत कात्तिक ४ गते विज्ञप्ति जारी गर्दै नगर क्षेत्रभित्र पटका र पटकाजन्य कुराको बिक्री-वितरण तथा प्रयोगमा पूर्ण रूपले रोक लगाएका थिए । नगरपालिकाले जारी […]

Oct 26, 2024 - 05:25
 0
पटका प्रतिबन्धको अनुगमन तीव्र

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले चाडपर्वको समयमा पटका र पटकाजन्य पदार्थको बिक्री-वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएसँगै बजार अनुगमन तीव्र बनाएको छ ।

नेपाली हिन्दूहरूको चाड तिहारलाई मध्यनजर गर्दै नगरपालिका प्रमुख दीपक कुमार रिसालले गत कात्तिक ४ गते विज्ञप्ति जारी गर्दै नगर क्षेत्रभित्र पटका र पटकाजन्य कुराको बिक्री-वितरण तथा प्रयोगमा पूर्ण रूपले रोक लगाएका थिए ।

नगरपालिकाले जारी गरेको सूचनामा कानून उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ । हाल नगरपालिकाभित्र रहेका पसलहरूमा नगर प्रहरी गएर पटका नबेच्न निर्देशन दिँदै अनुगमनसमेत बढाएका छन् ।

नगरपालिकाले पटका तथा पटकाजन्य पदार्थको प्रयोगले जनस्वास्थ्य र सुरक्षामा खलल पुर्‍याउन सक्ने भन्दै सचेत रहन सबैलाई अनुरोधसमेत गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register