जंगलमा हराएका आन्तरिक पर्यटकको उद्धार

भोजपुर ।  जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चारजना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले कार्तिक ९ गते उद्धार गरेको छ । उद्धार गरिएकाहरु सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१२ का ब्यक्तिहरु रहेका छन् । उनीहरु सोही ठाउँको मुन्दुम पदमार्गको हाँस पोखरीबाट सुन्तलेतर्फ जाने क्रममा बाटो पत्ता लगाउन नसकी जंगलमा हराएका थिए । सो बारे जानकारी प्राप्त भएपछि […]

Oct 26, 2024 - 08:30
 0
जंगलमा हराएका आन्तरिक पर्यटकको उद्धार

भोजपुर ।

 जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चारजना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले कार्तिक ९ गते उद्धार गरेको छ ।

उद्धार गरिएकाहरु सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१२ का ब्यक्तिहरु रहेका छन् ।

उनीहरु सोही ठाउँको मुन्दुम पदमार्गको हाँस पोखरीबाट सुन्तलेतर्फ जाने क्रममा बाटो पत्ता लगाउन नसकी जंगलमा हराएका थिए ।

सो बारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ५ टक्सार गुल्म भोजपुर र सुरक्षा वेश नागी  भोजपुरको सुरक्षा फौजले सोही ठाउँको मझुवा जंगलभित्र रहेको गोठमा फेला पारेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register