भण्डारी सेवा समाज नेपाल रघुवंशी कौशिक गोत्रीयद्वारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

काठमाडौँ । भण्डारी सेवा समाजले बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजको नेपाल रघुवंशी कौशिक गोत्रीय केन्द्रीय समितिको पहलमा कात्तिक १० गते (शनिबार) काभ्रे तेमाल गाउँपालिका-१ कल्लेरी पाखाका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरिएको हो । आर्थिक सहयोगस्वरुप पीडितलाई १ लाख ४० हजार ७ सय ४५ रुपैयाँ सहयोग गरिएको समाजका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश […]

Oct 27, 2024 - 04:43
 0
भण्डारी सेवा समाज नेपाल रघुवंशी कौशिक गोत्रीयद्वारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

काठमाडौँ । भण्डारी सेवा समाजले बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजको नेपाल रघुवंशी कौशिक गोत्रीय केन्द्रीय समितिको पहलमा कात्तिक १० गते (शनिबार) काभ्रे तेमाल गाउँपालिका-१ कल्लेरी पाखाका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरिएको हो ।

आर्थिक सहयोगस्वरुप पीडितलाई १ लाख ४० हजार ७ सय ४५ रुपैयाँ सहयोग गरिएको समाजका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश तथा तराई मधेश प्रदेश इन्चार्ज कुमार भण्डारीले जानकारी दिएका छन् । असोज १० देखि १२ गते परेको अविरल वर्षाका कारण गएको पहिरोमा परी ज्यान गुमाएका डिल बहादुर भण्डारी र रुद्रमाया भण्डारीका छोरा दीपक भण्डारीलाई हस्तान्तरण गरिएको भण्डारीले बताएका छन् ।

भण्डारीका अनुसार सहयोगार्थ संकलन गरिएको रकम भण्डारी सेवा समाजका सदस्यहरु तथा प्रदेश समिति, जिल्ला समिति, पालिका समिति तथा सबै बन्धुबान्धव र साथिभाइमार्फत संकलन गरिएको हो ।

उक्त रकम वडा सदस्य शिव बहादुर भण्डारी र समाजको नवगठित पालिका अध्यक्ष रत्न बहादुर भण्डारी (रामशरण) लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको कुमार भण्डारीले जानकारी दिएका छन् । पहिरोमा परेर आमाबुबासँग घरबार सबै गुमाएका भण्डारीलाई उक्त आर्थिक सहयोगले पुनर्निमाणमा सहयोग पुग्ने भण्डारी सेवा समाजले विश्वास व्यक्त गरेको छ ।

२०६५ सालमा स्थापना भएको भण्डारी सेवा समाजले निरन्तर सामाजिक कार्यमा आफ्नो सहभागिता जनाउँदै आएको छ । यसअघि समाजले २०७४ सालको बाढीपहिरो पीडितको राहत तथा उद्दारका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा २ लाख ५ हजार र रघुवंशी कौशिक गोत्रिय बन्धुहरुको कुल मन्दिर निर्माण, चतरा धाममा धर्मशाला निर्माण गर्नुका साथै कोरोना माहामारीका बेला कोभिड संक्रमितहरुको उद्धारमा सक्रिय रहेको थियो । हाल भण्डारी सेवा समाजले देशभरका ५६ जिल्लाका रघुवंशी कौशिक गोत्रिय दाजुभाईलाई समाजमा जोडेको छ ।

त्यस्तै, समाजले ‘भण्डारी एकता आजको आवश्यकता, सामाजिक काम सबै दाजुभाइ एक ठाम’ भन्ने नाराका साथमा देशव्यापी रुपमा सामाजिक कार्य सञ्चालन गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register