अनुमति नलिई आएपछि थाई एयर एसियाको उडान निलम्बित

काठमाडौं । उडान अनुमति नलिई काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । थाइल्यान्डबाट काठमाडौं आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरिएको हो । करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार थाई एयर एसियाको उडान […]

Oct 27, 2024 - 11:55
 0
अनुमति नलिई आएपछि थाई एयर एसियाको उडान निलम्बित

काठमाडौं । उडान अनुमति नलिई काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । थाइल्यान्डबाट काठमाडौं आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरिएको हो ।

करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार थाई एयर एसियाको उडान तत्कालका निम्ति निलम्बन गरिएको छ । नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ ।

सूचना अधिकारी भुलले थाई एयर एसियाको उक्त विमानको शनिबारसम्म मात्र उडान अनुमति रहेको बताए । आइतबारको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको उनले जानकारी दिए ।

“विमानलाई धेरै समय होल्डिङ गर्दा सुरक्षाको विषय पनि आउँछ,” उनले भने, “यात्रुको सुरक्षा र मानवीयताको कारणले आजको उडानलाई अनुमति दिएर विमान अवतरण गरिएको हो । अब तत्कालको लागि नेपालको सम्पूर्ण अनुमति रद्द गरिएको छ । जीएसए पनि रद्द भएको छ ।”

विशेष चार्टर्ड उडान अनुमति पाएको उक्त विमानले काठमाडौंबाट आजै यात्रु लिएर बैंकक फर्कने विमानस्थल कार्यालयले जनाएको छ ।

थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका निम्ति मात्र उडान अनुमति लिएको थियो ।

प्राधिकरणले आइतबार (आज)देखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो । अनुमति नलिई विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो ।

प्राधिकरणले सन् २०२४ अक्टोबर २७ देखि २०२५ मार्च ३१ सम्मको उडान तालिका सार्वजनिक गरेको छ । थाई एयर एसियाले गएको असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको थियो । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register