थप तीन उद्योगले बुझाए बक्यौता, प्राधिकरणले जोडिदियो लाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बक्यौता महसुल बुझाएका तीन उद्योगलाई पुनः बिजुली दिएको छ । भैरहवास्थित नवनेपाल इन्डस्ट्रिजले आफ्नो २ लाख ५ हजार बक्यौता पूरै बुझाउँदै सेवा पुनः सुरु गरेको छ । त्यस्तै, सर्वोत्तम सिमेन्टले पनि ११ करोड ९६ लाख बक्यौता मध्ये ३७ लाख रुपैयाँ पहिलो किस्तावापत बुझाएको छ । प्राधिकरणले किस्तामा […]

Oct 28, 2024 - 03:49
 0
थप तीन उद्योगले बुझाए बक्यौता, प्राधिकरणले जोडिदियो लाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बक्यौता महसुल बुझाएका तीन उद्योगलाई पुनः बिजुली दिएको छ ।

भैरहवास्थित नवनेपाल इन्डस्ट्रिजले आफ्नो २ लाख ५ हजार बक्यौता पूरै बुझाउँदै सेवा पुनः सुरु गरेको छ ।

त्यस्तै, सर्वोत्तम सिमेन्टले पनि ११ करोड ९६ लाख बक्यौता मध्ये ३७ लाख रुपैयाँ पहिलो किस्तावापत बुझाएको छ ।

प्राधिकरणले किस्तामा बक्यौता बुझाउनसक्ने सुविधा दिएकोले यस किस्ताबन्दीलाई स्वीकारेको छ । साथै, अर्को उद्योगले पनि बक्यौता तिरेको भएता पनि नाम गोप्य राख्न प्राधिकरणलाई आग्रह गरेको छ ।

तर, प्राधिकरणले बक्यौता वा किस्ता नबुझाएका २९ उद्योगलाई भने विद्युत् लाइन नजोड्ने आफ्नो अडान कायमै राखेको छ ।

यसैबीच प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको बक्यौता महसुल नतिरेको भन्दै लाइन काटेपछि उद्योगी व्यवसायीहरू प्राधिकरणप्रति आक्रोशित भएका छन् ।

आइतबार उद्योगी व्यवसायीहरूले पत्रकार सम्मेलन गर्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग आक्रोशित भएका हुन् ।

उद्योगी व्यवसायीहरूले प्राधिकरणले लाल आयोगको प्रतिवेदन हुबहु कार्यान्वयन गरी विद्युत् उपभोग गरेको प्रमाण दिन आग्रह गरेका छन् ।

प्राधिकरणले विद्युत् महसुल प्रयोग गरेको प्रमाण दिए अथवा लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भए बक्यौता तिर्न आफूहरू तयार रहेको बताए । उनीहरुले प्राधिकरणले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दा पनि बारम्बार विद्युत् लाइन काटेर व्यवसायीहरुलाई थप पीडित बनाएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register