टिकटकले मनायो तिहार

काठमाडौं । टिकटकले प्रकाशको पर्व मनाउने क्रममा आफ्नो ग्लोबल दीपावली अभियानको एक अंशको रूपमा नेपालमा तिहार उत्सव कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमले लोकप्रिय नेपाली टिकटक क्रिएटर र कलाकारलाई मौलिक परम्परा झल्काउने प्रेरणादायी कन्टेन्ट सिर्जना गर्न एकसाथ ल्याएको थियो । कार्यक्रममा वाङ्देन शेर्पा, रोनिश्मा श्रेष्ठ, रेहान श्रेष्ठ, सुष्मा कार्की, अनिश तामाङ, इभा गिरी, मोहन अधिकारी, […]

Oct 28, 2024 - 05:25
 0
टिकटकले मनायो तिहार

काठमाडौं । टिकटकले प्रकाशको पर्व मनाउने क्रममा आफ्नो ग्लोबल दीपावली अभियानको एक अंशको रूपमा नेपालमा तिहार उत्सव कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमले लोकप्रिय नेपाली टिकटक क्रिएटर र कलाकारलाई मौलिक परम्परा झल्काउने प्रेरणादायी कन्टेन्ट सिर्जना गर्न एकसाथ ल्याएको थियो ।

कार्यक्रममा वाङ्देन शेर्पा, रोनिश्मा श्रेष्ठ, रेहान श्रेष्ठ, सुष्मा कार्की, अनिश तामाङ, इभा गिरी, मोहन अधिकारी, मञ्जिता मानन्धर, प्रजिना, अञ्जना अर्याल र अन्य धेरै लोकप्रिय टिकटक क्रिएटर र कलाकारहरूको उपस्थिति रहेको थियो । यस रमाइलो साँझमा क्रियटरहरूले #Tihar2024 र #TiharAayo ह्यासट्यागहरू सँगै तिहार मनाएका थिए ।

टिकटकले तिहार उत्सवका क्रममा क्रियटरहरूका लगि आकर्षक गतिविधिहरू प्रदान गरेको थियो । अतिथि क्रिएटरहरूले परम्परागत रितिथिति र चाडपर्वका पहिरनहरू पहिरिएर तिहारसँग सम्बन्धित रमाईला कन्टेन्टहरू पनि प्रदर्शन गरेका थिए ।

उत्सव मनाउने क्रममा दियो बाल्ने, परम्परागत देउसी भैलो नृत्यहरू प्रस्तुत गर्ने, वातावरणमैत्री रंग र फूलहरूको संयोजन गरी रंगोली डिजाइन गर्ने, स्ट्यान्ड-अप कमेडीको मजा लिने र पोटरीमा भाग लिने जस्ता रमाइला गतिविधिहरू समावेश थिए । एउटा नेपाली ब्यान्डको लाइभ प्रस्तुतिले उत्सवमा थप प्रामाणिकता थपेको थियो ।

टिकटक एक विश्वव्यापी प्लेटफर्म हो जसले प्रयोगकर्ताहरूलाई उच्च गुणस्तरका भिडिओहरू सिर्जना गर्न र साझेदारी गर्न अनुमति दिन्छ । यसको मिशन भनेको आनन्दलाई सबैका लागि पहुँचयोग्य बनाउनु हो । टिकटकले प्रयोगकर्ताहरूलाई स्वतन्त्र रूपमा अभिव्यक्त गर्न, नयाँ चासोहरू पत्ता लगाउन र विश्वभरका मानिसहरूसँग जोडिन सक्षम बनाउँछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register