दोलखा विद्यावारिधि फोरम गठन हुने 

काठमाडौँ ।  दोलखा जिल्लाबाट विद्यावारिधि गरेका व्यक्तिहरुको सञ्जाल “दोलखा विद्यावारिधि फोरम” गठन हुने भएको छ । दोलखा जिल्लाको सामाजिक, आर्थिक विकास र समृद्धिको लागि ज्ञानको माध्यमबाट सहयोग पुर्‍याउने र विद्यावारिधि गर्दै गरेका दोलखाली शोधकर्ताहरुलाई सहयोग गर्ने उद्देश्यले  फोरम गठन हुन लागेको बताइएको छ।  । फोरमले आफ्नो उद्देश्य अनुरुपको विस्तृत खाका तयारी पार्न लागेको छ । […]

Oct 28, 2024 - 08:54
 0
दोलखा विद्यावारिधि फोरम गठन हुने 

काठमाडौँ ।

 दोलखा जिल्लाबाट विद्यावारिधि गरेका व्यक्तिहरुको सञ्जाल “दोलखा विद्यावारिधि फोरम” गठन हुने भएको छ । दोलखा जिल्लाको सामाजिक, आर्थिक विकास र समृद्धिको लागि ज्ञानको माध्यमबाट सहयोग पुर्‍याउने र विद्यावारिधि गर्दै गरेका दोलखाली शोधकर्ताहरुलाई सहयोग गर्ने उद्देश्यले  फोरम गठन हुन लागेको बताइएको छ।  । फोरमले आफ्नो उद्देश्य अनुरुपको विस्तृत खाका तयारी पार्न लागेको छ ।

डा. सम्राट आचार्यको संयोजनमा फोरम गठनको तयारी गरिएको छ। जसमा प्रा।डा। श्याम जोशी, प्रा।डा। कमल ढुंगेल, डा। विष्णुराज उप्रेती, डा। यमुना घले, डा। टीकाराम पोखरेल, डा। साकार शिवाकोटी, डा। भीम दाहाल, डा। वासुदेव घिमिरे, डा। दिपेश खरेल, डा। अनिता श्रेष्ठ, डा। लक्ष्मी ढुंगेललगायतको भूमिका रहेको छ। 

फोरमले दोलखामा जन्मेर  वा कर्मथलो बनाई विश्वभर रहेका विद्यावारिधि गरेकाहरुलाई सहभागी गराई हरेक तीन महिनामा भेला बैठक गर्ने र दोलखाको आर्थिक सामाजिक विकासका लागि बौद्धिक बहस चलाउने तयारी गरेको जनाएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register