मिनी संसद्‌मा रास्वपाको आग्रह- रवि भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान गरौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई बाहिरै राखेर अनुसन्धान गर्न माग गरेको छ । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको गृहमन्त्री रमेश लेखक उपस्थित बैठकमा रास्वपा सांसद डा. चन्दा कार्कीले यस्तो माग गरेकी हुन् । “संसदीय छानबिन समितिमा नै सबै कागजात र बयान दिइसकेको अवस्था हो । प्रमाण नष्ट […]

Oct 28, 2024 - 08:55
 0
मिनी संसद्‌मा रास्वपाको आग्रह- रवि भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान गरौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई बाहिरै राखेर अनुसन्धान गर्न माग गरेको छ ।

सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको गृहमन्त्री रमेश लेखक उपस्थित बैठकमा रास्वपा सांसद डा. चन्दा कार्कीले यस्तो माग गरेकी हुन् ।

“संसदीय छानबिन समितिमा नै सबै कागजात र बयान दिइसकेको अवस्था हो । प्रमाण नष्ट गर्ने र भाग्ने अवस्था छैन, त्यसैले गृहमन्त्रीलाई विशेष अनुरोध गर्न चाहन्छु- उहाँ (रवि लामिछाने) लाई थुना बाहिर राखेर नै अनुसन्धान गर्न सकिन्छ,” सांसद कार्कीले भनिन् ।

रवि सहकारी ठगीसम्बन्धी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका छन् । अहिले उनलाई जिल्ला प्रहरी, कास्कीको हिरासतमा राखिएको छ । जिल्ला अदालत, कास्कीले अनुसन्धानका लागि दुईपटक म्याद थपेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register