दराजले गर्‍यो उत्कृष्ट १८ बिक्रेतालाई सम्मान 

काठमाडौं । नेपालकै अग्रणी अनलाइन बजार, दराज नेपालले ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा बिक्रेता सम्मेलन सम्पन्न गरेको छ । ‘ईम्पावरिंग सेलर्स, फ्यासिलिटेटिंग ग्रोथ’ नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममार्फत दराज नेपालले आफ्ना लगनशील बिक्रेताहरूलाई प्रोत्साहनस्वरुप सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खानले परिवर्तनशील डिजिटल युगसँग अनुकूल […]

Oct 30, 2024 - 07:13
 0
दराजले गर्‍यो उत्कृष्ट १८ बिक्रेतालाई सम्मान 

काठमाडौं । नेपालकै अग्रणी अनलाइन बजार, दराज नेपालले ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा बिक्रेता सम्मेलन सम्पन्न गरेको छ । ‘ईम्पावरिंग सेलर्स, फ्यासिलिटेटिंग ग्रोथ’ नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममार्फत दराज नेपालले आफ्ना लगनशील बिक्रेताहरूलाई प्रोत्साहनस्वरुप सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खानले परिवर्तनशील डिजिटल युगसँग अनुकूल हुनु वर्तमान आवश्यकता रहेको बताए । दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजको आजको दिनको सफलतामा विक्रेताहरूको मुख्य भूमिका रहेको बताए ।

‘बिक्रेताहरूको अथक मिहिनेत, परिश्रम, साथ र सहयोग नै दराजले पाएको यो सफलताको प्रमुख कारण हो ।’ कुँवरले भने । कार्यक्रममा दराज प्लेटफर्ममा उत्कृष्टता प्राप्त गरेका १८ विक्रेताहरूलाई सम्मान गरिएको थियो ।

दराज सेलर समिट क्याटगरि अवार्डका विजेताहरू :

१. सेलर अफ दि ईयर २०२४ : मसलब्लेज (प्रोटिन नेपाल) र सेटाफिल
२. कस्टमर च्वाइस अवार्ड : म्हिचा
३. मनैदेखि नेपाली अवार्ड : नेपाल टि एक्स्चेन्ज
४. दराज स्पेशल रिकग्निशन अवार्ड : आर एन ईलेक्ट्रोनिक्स
५. टप न्यू एसएमई सेलर : ईकमर्स बजार
६. टप ईमर्जिंग सेलर : एभरस्को
७. टप सेलर– एफएमसीजी क्याटेगरी : बिराट हेल्थकेयर ईन्डस्ट्रिज
८. फ्ल्याश सेल हिरो – एफएमसीजी क्याटेगरी : ज्यासमिन हाइजिन प्रडक्ट्स
९. क्याम्पेन हिरो – एफएमसीजी क्याटेगरी : एयविबी
१०. टप सेलर – फेशन क्याटेगरी : शुज स्पट
११. फ्ल्याश सेल हिरो – फेशन क्याटेगरी : ई–स्टोर्स
१२. क्याम्पेन हिरो– फेशन क्याटेगरी : फ्यानसेरा
१३. टप सेलर– ईलेक्ट्रोनिक्स क्याटेगरी : वानप्लस
१४. फ्ल्याश सेल हिरो–ईलेक्टोनिक्स क्याटेगरी : उक्स–एज
१५. क्याम्पेन हिरो – ईलेक्टोनिक्स क्याटेगरी : बोट ( टेलिटक )
१६. टप सेलर – लाईफस्टाइल क्याटेगरी : ई–मेला
१७. फ्ल्याश सेल हिरो– लाईफस्टाइल क्याटेगरी : एसपीएन‘स्
१८. क्याम्पेन हिरो – लाईफस्टाइल क्याटेगरी : कामाख्या डेकोर

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register