किर्ते कागपत्र बनाएर भवन निर्माणको रकम हिनामिना गर्ने प्रधानाध्यापकलाई कारबाही गर्न  प्रहरीलाई पत्राचार

रौतहट। भवन निर्माणको रकम हिनामिना गर्ने यहाँको  एक प्रधानाध्यापकलाई  कारबाहीको लागी प्रहरीलाई पत्राचार भएको छ । चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि लाल पुरीको किर्ते दस्तखत, चन्द्रपुर नगरपालिकाको छाप प्रयोग गरी नक्कली चलानी गरेको आरोपमा चन्द्रपुर नगरपालिकाले चन्द्रपुर–५ राजपैडामा रहेको श्री आधुनिक प्राथमिक विद्यालयका प्रधानाध्यापक  किशोरी चौधरीलाई कारबाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर लाई […]

Oct 30, 2024 - 08:07
 0
किर्ते कागपत्र बनाएर भवन निर्माणको रकम हिनामिना गर्ने प्रधानाध्यापकलाई कारबाही गर्न  प्रहरीलाई पत्राचार

रौतहट।

भवन निर्माणको रकम हिनामिना गर्ने यहाँको  एक प्रधानाध्यापकलाई  कारबाहीको लागी प्रहरीलाई पत्राचार भएको छ । चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि लाल पुरीको किर्ते दस्तखत, चन्द्रपुर नगरपालिकाको छाप प्रयोग गरी नक्कली चलानी गरेको आरोपमा चन्द्रपुर नगरपालिकाले चन्द्रपुर–५ राजपैडामा रहेको श्री आधुनिक प्राथमिक विद्यालयका प्रधानाध्यापक  किशोरी चौधरीलाई कारबाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर लाई पत्राचार गरेको छ । 

प्रधानाध्यापक चौधरीले श्री आधुनिक प्राथमिक विद्यालय चन्द्रपुर–५ राजपैडामा आर्थीक बर्ष ०८०-०८१को विशेष अनुदानबाट चार कोठे भवन निर्माणको लागि विद्यालयको राष्ट्रिय वाणिज्य बैकको खातामा जम्मा रहेको ५० लाखबाट ०८० पौष १८ गते २० लाख निकालेर अपलचन गरेको खुल्नुका साथै तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको किर्ते दस्तखत नगरपालिकाको लेटरप्याड छाप, नक्कली चलानी नम्बर राखेर सरकारी रकम दुरुपयोग गरेको आरोपमा चन्द्रपुर नगरपालिकाले कारबाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर लाई पत्राचार गरेको हो । 

चार कोठे विद्यालय भवनको लागि चन्द्रपुर नगरपालिकाले ०८० असार २० गते ब्रम्हबाबा कन्स्ट्रक्सन चन्द्रपुर–१ सँग सम्झौता गरी निर्माण कार्य सम्पन्न गरिसक्दा समेत प्रधानाध्यापक चौधरीले निर्माण व्यवसायीलाई दुई पटक मात्र रनिङ्ग बिल भुक्तानी गरी अन्तिम बिलको रकम भुक्तानी गर्न ईन्कारी गर्दै आएका थिए । निर्माण व्यवसायीलाई दुई पटक बिलको रकम भुक्तानी गर्दा कट्टा भएको मूल्य  अभिवृद्धि  कर आन्तरिक राजश्व कार्यालयमा जम्मा गर्नु पर्ने ३ लाख ३८ हजार ४ सय ७३ रुपैया समेत प्रधानाध्यापक चौधरीले अपचलन गरेको निर्माण व्यवसायी बिनोद कार्कीले बताए । चन्द्रपुर नगरपालिकाले निर्माण व्यवसायीसँग चार कोठे भवन निर्माणका लागि ५३ लाख ९८ हजार २ सय ८९ रुपैया ५२ पैसामा सम्झौता गरेको थियो । 

राष्ट्रिय वाणिज्य बैंकबाट रकम फुकुवा गर्न प्राध्यानाध्यापक चौधरीले प्रयोग गरेको चन्द्रपुर नगरपालिकाको पत्रको ११३१ चलानी नम्बरमा साधन प्रयोगको लागि साहिल ट्रेड एण्ड सप्लार्यस चन्द्रपुुर–४ रहेको पाइएपछि उनले किर्ते गरेको खुलेको हो । चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले किर्ते कागजपत्रको आधारमा रकम दुरुपयोग गरेको देखिएकाले अनुसन्धानका लागि प्रहरी लाई पत्राचार गरेको बताए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register