हङकङ सिक्सेज : नेपालले अस्ट्रेलियालाई हरायो, प्रतिशले लिए ३ विकेट

काठमाडौं । हङकङ सिक्सेजमा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ । मोङ कोकमा जारी खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले पूरै ५ विकेट गुमाएर मात्र १०० रन बनायो । अस्ट्रेलियाका लागि ज्याक वुडले ५५ रन र एलेक्स रसले १४ रन बनाए । नेपालका लागि प्रतिश जिसीले […]

Nov 2, 2024 - 01:33
 0
हङकङ सिक्सेज : नेपालले अस्ट्रेलियालाई हरायो, प्रतिशले लिए ३ विकेट

काठमाडौं । हङकङ सिक्सेजमा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ ।

मोङ कोकमा जारी खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।

११२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले पूरै ५ विकेट गुमाएर मात्र १०० रन बनायो ।

अस्ट्रेलियाका लागि ज्याक वुडले ५५ रन र एलेक्स रसले १४ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले ३ तथा लोकेश बम र विवेक यादवले १ १ विकेट लिए । नेपालका लागि प्रतिशले पहिलो ओभरमा नै विकेट लिए ।

प्रतिशले एकै ओभरमा २ विकेट लिए । उनले तेस्रो ओभरको पहिलो र अन्तिम बलमा उनले नेपालका लागि विकेट लिए । लोकेशले चौथो ओभरको अन्तिम बल र विवेकले अन्तिम ओभरको पाँचौँ बलमा विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपालले पूरै ६ ओभर खेलेर २ विकेटकोे क्षतिमा १११ रन बनायो ।

नेपालका लागि कप्तान सन्दी जोरा र लोकेश बमले ३३ रन बनाए । सन्दीपले अर्धशतक प्रहार गरे । उनले १६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रन बनाए ।

लोकेशले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । विवेक यादवले भने १२ रन बनाए । राशिद खान १२ रनमा अविजित रहे । नारायण जोशीे १ रनमा अविजित रहे बनाए ।

अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए।

टस जितेर अस्ट्रेलियाले पहिले बलिङ रोजेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register