सर्वोच्चको आदेशपछि तनावमा रिलायन्स, बक्यौता तिर्नुपरे कम्पनी नै स्वाहा !  

काठमाडौँ । हिमाल आइरन एण्ड स्टिल प्रालिले डेडिकेटेड र ट्रंक लाइन बक्यौता रकम नतिर्न पर्ने आदेश माग्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । स्टिलले २०७५ सालमा नेपाल विद्युत प्राधिकरणविरुद्ध दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको हो ।  सर्वोच्चले रिट खारेज गरेसँगै हिमाल स्टिलले प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंक लाइन बापत तिर्न बाँकी बक्यौता […]

Nov 7, 2024 - 03:21
 0
सर्वोच्चको आदेशपछि तनावमा रिलायन्स, बक्यौता तिर्नुपरे कम्पनी नै स्वाहा !  

काठमाडौँ । हिमाल आइरन एण्ड स्टिल प्रालिले डेडिकेटेड र ट्रंक लाइन बक्यौता रकम नतिर्न पर्ने आदेश माग्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । स्टिलले २०७५ सालमा नेपाल विद्युत प्राधिकरणविरुद्ध दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको हो । 

सर्वोच्चले रिट खारेज गरेसँगै हिमाल स्टिलले प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंक लाइन बापत तिर्न बाँकी बक्यौता रकम तिर्नुपर्ने भएको छ । 

यसो त हिमाल स्टिलको मुद्दा हाल सुरु भएको डेडिकेटेड तथा ट्रंक लाइन विवाद भन्दा पहिलाको मुद्दा हो । तर, मुद्दाको प्रकृति एउटै किसिमको भएकाले हाल देखिएको डेडिकेटेड तथा ट्रंक लाइन विवादमा पनि अदालतले सोही अनुसारको फैसला गर्ने जानकारहरुको भनाई छ । 

यही कारण हिमाल स्टिलको मुद्दा सर्वोच्चले खारेज गरेसँगै अन्य उद्योगीहरु पनि थप हच्किएका छन् । अझ प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्स सर्वोच्चको उक्त आदेशसँगै थप तनावमा परेको छ । कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता बापत ७५ करोड रुपैयाँ तिर्न बाँकी छ । बिजुलीको बक्यौता मात्रै ७५ करोड तिर्नुपरेको अवस्थामा कम्पनी नै जोखिममा पर्ने डर भएपछि हाल कम्पनीका साहुहरू शक्तिकेन्द्र धाउन थालेका छन् । 

यसअघि नेपाल विद्युत प्राधिकरणले आईपीओ निष्कासनका लागि प्रकाशन गरेको वित्तीय विवरणमा प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता उल्लेख नगरेको भन्दै कम्पनीको बिजुली लाइन काटेको थियो । त्यसपछि फेरी प्राधिकरणले बक्यौता नतिरेको भन्दै कम्पनीको लाइन काटेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register