टी-२० विश्वकप छनोट : नेपालले कुवेतलाई १०८ रनले हरायो

काठमाडौं । महिला यू–१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई पराजित गरेको छ । यूएईको अजमानस्थित द सेभेन्स स्टेडियममा बिहीबार भएको खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको हो । १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमा अलआउट भयो । जिफा जिलानीले अविजित १२ रन बनाइन्। नेपालका लागि रचना कुमारी चौधरी र […]

Nov 7, 2024 - 08:27
 0
टी-२० विश्वकप छनोट : नेपालले कुवेतलाई १०८ रनले हरायो

काठमाडौं । महिला यू–१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई पराजित गरेको छ ।

यूएईको अजमानस्थित द सेभेन्स स्टेडियममा बिहीबार भएको खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको हो ।

१३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमा अलआउट भयो । जिफा जिलानीले अविजित १२ रन बनाइन्।

नेपालका लागि रचना कुमारी चौधरी र सीमा केसीले २–२ तथा पुजा महतो, कृश्मा गुरुङ र मनिशा कुमारी उपाध्यायले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १३० रन बनाएको थियो ।

नेपालका लागि पुजा महतोले ३४, साना प्रविनले २५, ज्योत्स्निका मरासिनीले २३ र अलिशा कुमारी यादवले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

कुवेतका लागि भने आयेशा इक्बाल पेवेकरले २ विकेट लिइन् ।

यससँगै नेपालले विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register