पाकिस्तानको क्वेटा रेलवे स्टेशनमा विस्फोट हुँदा २१ जनाको मृत्यु, ४६ घाइते

काठमाडौं । पाकिस्तानको बलुचिस्तानको क्वेटा शहरको रेलवे स्टेशनमा शनिबार बिहान बम विस्फोट भएको छ । यस विस्फोटमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ । साथै, अहिलेसम्म ४६ जना घाइते भएका छन् । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने आशंका पनि व्यक्त गरेका छन् । घटनाको बारेमा बीबीसीलाई जानकारी दिँदै बलुचिस्तानका स्वास्थ्य संयोजक अधिकारी वसीम बेगले […]

Nov 9, 2024 - 05:51
 0
पाकिस्तानको क्वेटा रेलवे स्टेशनमा विस्फोट हुँदा २१ जनाको मृत्यु, ४६ घाइते

काठमाडौं । पाकिस्तानको बलुचिस्तानको क्वेटा शहरको रेलवे स्टेशनमा शनिबार बिहान बम विस्फोट भएको छ ।

यस विस्फोटमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ । साथै, अहिलेसम्म ४६ जना घाइते भएका छन् ।

अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने आशंका पनि व्यक्त गरेका छन् । घटनाको बारेमा बीबीसीलाई जानकारी दिँदै बलुचिस्तानका स्वास्थ्य संयोजक अधिकारी वसीम बेगले भने, “चार जनाको शव सिभिल अस्पतालमा ल्याइएको छ ।”

क्वेटाका एसएसपी अपरेसन मुहम्मद बलोचले भने, “क्वेटाबाट रावलपिंडीका लागि जाफर एक्सप्रेसका यात्रुहरू रेल आउनको लागि पर्खिरहेका बेला रेलवे स्टेशनमा विस्फोट भएको थियो । उक्त समयमा अधिकांश यात्रु प्लेटफर्ममा उपस्थित थिए ।”

घाइतेहरूलाई सिभिल अस्पताल, क्वेटाको ट्रमा सेन्टरमा रिफर गरिएको छ । रेलवे स्टेसनमा विस्फोट हुनुको कारण भने खुल्न सकेको छैन ।

बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले घटनाको छानबिन गर्न आदेश दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register