दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको संयुक्त सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिवार बसेको केन्द्रीय समितिको बैठकले राज्यसत्ताको स्वेच्छाचारी र  अधिनायकवादी प्रवृत्ति विरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए  । राज्यको स्वेच्छाचारी र दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासन विपरीत भएको रास्वपाको निष्कर्ष  […]

Nov 9, 2024 - 13:51
 0
दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको संयुक्त सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिवार बसेको केन्द्रीय समितिको बैठकले राज्यसत्ताको स्वेच्छाचारी र  अधिनायकवादी प्रवृत्ति विरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए  ।

राज्यको स्वेच्छाचारी र दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासन विपरीत भएको रास्वपाको निष्कर्ष  छ । बैठकले  सहकारी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध साँधेको ठहर गरेको छ ।

बैठकमा समसामयिक राजनीतिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षको मोडिलाटी लगायतका विषयमा छलफल झाले बताए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register