मधेशका सात ठाउँमा उपनिर्वाचन

यसैगरी गढीमाई नगरपालिका वडा नम्बर ८ पनि वडाअध्यक्षको निधनपछि उपनिर्वाचन हुन लागेको छ । गत निर्वाचनमा सो वडामा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामाज्ञाराय यादव ७६४ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

Nov 11, 2024 - 02:46
 0
मधेशका सात ठाउँमा उपनिर्वाचन

जनकपुरधाम । आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत मधेश प्रदेशका सात स्थानमा निर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात ठाउँमा निर्वाचन हुने भएको हो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका प्रितमलाल चौधरी निर्वाचित भएका थिए । तर उनको निधनपछि उपनिर्वाचन हुन लागेको छ ।

त्यस्तै सोही नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्षको निधनपछि उपनिर्वाचन हुने भएको हो । यस क्षेत्रमा गत निर्वाचनमा नेपाली कांग्रेसका हरिप्रसाद रायले ३३३ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

धनुषाको धनुषाधाम नगरपालिका १ का वडाअध्यक्ष विश्वनाथ यादवको निधनपछि सो पदमा पनि उपनिर्वाचन हुन लागेको छ । कांग्रेसका यादव गत निर्वाचनमा ६१८ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

त्यस्तै उपनिर्वाचन हुन लागेको महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा गत चुनावमा नेकपा (माओवादी केन्द्र)का मुकेशकुमार यादव ४३३ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

त्यसैगरी रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ मा नेकपा (एमाले)का वडाअध्यक्ष शेख खलीउल्लाह ६८३ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

यस्तै रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ मा कांग्रेसका शेख मोजरे आलम ५३४ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

यसैगरी गढीमाई नगरपालिका वडा नम्बर ८ पनि वडाअध्यक्षको निधनपछि उपनिर्वाचन हुन लागेको छ । गत निर्वाचनमा सो वडामा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामाज्ञाराय यादव ७६४ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register