रवि लामिछानेलाई बयानका लागि बुटवल लगिँदै 

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देही लैजाने तयारी गरिएको छ ।  सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाइ मंगलबार रुपन्देही लैजाने तयारी गरिएको हो ।  रविविरुद्ध जिल्ला अदालत रुपन्देहीबाट बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ पूर्जी जारी भएकाले उनलाई आज बुटवल लैजाने […]

Nov 12, 2024 - 02:41
 0
रवि लामिछानेलाई बयानका लागि बुटवल लगिँदै 

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देही लैजाने तयारी गरिएको छ । 

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाइ मंगलबार रुपन्देही लैजाने तयारी गरिएको हो । 

रविविरुद्ध जिल्ला अदालत रुपन्देहीबाट बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ पूर्जी जारी भएकाले उनलाई आज बुटवल लैजाने गरिएको कास्की प्रहरीले जनाएको छ । 

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । सहकारी ठगीसँगै रविमाथि साङ्गठनिक अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register