कार्यकर्तालाई प्रचण्डको निर्देशन- आत्मसमीक्षासहित प्रत्येक जनतालाई भेटेर एउटा अवसर दिनुस् भन्नुस्

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका नेता/कार्यकर्तालाई उपनिर्वाचनलक्षित भएर परिचालन हुन निर्देशन दिएका छन् । बुधबार कीर्तिपुर नगरपालिकाका लागि उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै यस्तो उनले यस्तो निर्देशन दिएका हुन् । “आजदेखि जम्मा भएर भाषण गर्ने कामभन्दा टोल-टोलमा जनतासँग भेटेर उहाँहरूका कुरा सुनेर आफ्ना प्रतिबद्धता व्यक्त गर्नेमा समय खर्च […]

Nov 13, 2024 - 04:53
 0
कार्यकर्तालाई प्रचण्डको निर्देशन- आत्मसमीक्षासहित प्रत्येक जनतालाई भेटेर एउटा अवसर दिनुस् भन्नुस्

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका नेता/कार्यकर्तालाई उपनिर्वाचनलक्षित भएर परिचालन हुन निर्देशन दिएका छन् ।

बुधबार कीर्तिपुर नगरपालिकाका लागि उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै यस्तो उनले यस्तो निर्देशन दिएका हुन् ।

“आजदेखि जम्मा भएर भाषण गर्ने कामभन्दा टोल-टोलमा जनतासँग भेटेर उहाँहरूका कुरा सुनेर आफ्ना प्रतिबद्धता व्यक्त गर्नेमा समय खर्च गर्नुहोला । भाषण गरेर भोट आउँदैन, गाउँघरमा गएर प्रत्येक जनतासँग भेट्यौँ र उनीहरूका कुराहरूलाई सम्बोधन गर्न सक्यौँ भने राम्रो हुन्छ,” प्रचण्डले भने ।

उनले थपे, “विगतमा जनताको आवश्यकतालाई ध्यान दिन सकेनौँ, हामी बदलिन चाहन्छौँ । नयाँ अभियान सुरु गर्न चाहन्छौँ, जनतको मुक्तिका लागि नयाँ आन्दोलन गर्छौँ भन्नुपर्‍यो, एउटा अवसर दिनुस् भनेर आत्मसमीक्षासहित, आत्मलोचनासहित प्रत्येक व्यक्तिलई भेट्नुस् । त्यसरी मात्रै निर्वाचन प्रक्रियालाई सकारात्मक बनाउन सकिन्छ ।”

उनले आफू नेतृत्वको पछिल्लो सरकारले सकारात्मक प्रयत्न गरेको आमजनतालाई थाहा भएको दाबी गरे । “देशभरका जनताले यो बुझेका छन् कि हाम्रो नेतृत्वको पछिल्लो सरकारले सकारात्मक प्रयत्न गरेको हो र अहिलेको सरकार किन बन्यो भन्नेबारे पनि जनताले बुझेका छन्,” उनले भने ।

उनले कीर्तिपुर नगरपालिका प्रमुखका लागि पार्टीले बनाएको उम्मेदवार डा. शिवशरण महर्जनमाथि कुनै प्रकारको प्रश्नहरू उठाउन नसकिने बताए । महर्जनको छवि स्वच्छ भएको उल्लेख गर्दै यसपटक कीर्तिपुरमा जितिने दाबी गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register