यमाल बने २१ वर्षमुनिका सबैभन्दा मूल्यवान फुटबलर, को–को छन् शीर्ष ५ मा ?

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका विंगर लामिन यमाल २१ वर्षमुनिका सबैभन्दा मूल्यवान फुटबलर बनेका छन् । १७ वर्षीय स्पेनिस खेलाडी यमालको बजार मूल्य १८१ मिलियन युरो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मूल्यवान खेलाडीको दोस्रो स्थानमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका विंगर अलेजान्ड्रो गर्नाचो छन् । अर्जेन्टिनाका यी खेलाडीको मूल्य ११५ मिलियन युरो रहेको छ । […]

Nov 14, 2024 - 06:59
 0
यमाल बने २१ वर्षमुनिका सबैभन्दा मूल्यवान फुटबलर, को–को छन् शीर्ष ५ मा ?

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका विंगर लामिन यमाल २१ वर्षमुनिका सबैभन्दा मूल्यवान फुटबलर बनेका छन् ।

१७ वर्षीय स्पेनिस खेलाडी यमालको बजार मूल्य १८१ मिलियन युरो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मूल्यवान खेलाडीको दोस्रो स्थानमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका विंगर अलेजान्ड्रो गर्नाचो छन् । अर्जेन्टिनाका यी खेलाडीको मूल्य ११५ मिलियन युरो रहेको छ ।

यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का मिडफिल्डर वारेन जइरे–इमेरी सूचीको तेस्रो स्थानमा छन् । फ्रान्सका यी खेलाडीको बजार मूल्य १०९ मिलियन युरो रहेको छ ।

सूचीको चौथो नम्बरमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका विंगर साभिन्हो छन् । यी ब्राजिलियन खेलाडीको मूल्य १०१ मिलियन युरो रहेको छ ।

यसैगरी पीएसजीका जाओ नेभेस सूचीको पाँचौ स्थानमा छन् । पोर्चुगलका यी डिफेन्सिभ मिडफिल्डरको मूल्य १०० मिलियन युरो रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register