खल्तीबाट एनपीएलको अनलाइन टिकट काट्न सकिने 

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’बाट एनपीएलको अनलाइन टिकट काट्न सकिने भएको छ । कम्पनीले क्रिकेट एसोसिएसन नेपाल (क्यान)सँग सहकार्य गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको हो । यो लिगले देशभित्र र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूलाई एकत्रित गर्दै नेपाली क्रिकेट उत्थानको लागि एक महत्त्वपूर्ण भूमिका खेल्ने […]

Nov 26, 2024 - 08:05
 0
खल्तीबाट एनपीएलको अनलाइन टिकट काट्न सकिने 

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’बाट एनपीएलको अनलाइन टिकट काट्न सकिने भएको छ । कम्पनीले क्रिकेट एसोसिएसन नेपाल (क्यान)सँग सहकार्य गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको हो ।

यो लिगले देशभित्र र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूलाई एकत्रित गर्दै नेपाली क्रिकेट उत्थानको लागि एक महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा सबै पक्षहरू विश्वस्त छन् । क्रिकेट प्रेमी फ्यानहरूको उत्साह चरम विन्दुमा छ भने उनीहरूले खल्ती एप मार्फत सजिलैसँग टिकट ‘क्याच’ गर्न सक्ने भएका छन् ।

केही क्लिकमै खल्तीबाट टिकट काटेर फ्यानहरू स्टेडियममै पुगी आफ्नो मन पर्ने टिमलाई हुटिङ गर्न, प्रत्येक चौका, छक्का र विकेटको मजा लिन साथै खेलको सप्राइजिङ मोमेन्टहरू प्रत्यक्ष रूपमा नजिकैबाट अवलोकन गर्न सक्नेछन् ।

पहिलो दिन, प्लेअफ र त्यसपछिका खेल हुने दिन बाहेक, प्रति दिन साधारण टिकटको मूल्य ३०० रुपैयाँ र भिआइपी टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको छ । प्लेअफ र त्यसपछिका खेलका लागि भने टिकट चाँडै उपलब्ध हुने खल्तीले जनाएको छ ।

फ्यानहरूले सबै खेलको एकमुस्ट – सिजन पास पनि लिई सक्नेछन् । जसका लागि साधारणको मूल्य ४,४८० रुपैयाँ र भिआइपी टिकटको मूल्य ८,२४० रुपैयाँ रहेको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register