राष्ट्रिय निर्माण दिवसमा बृद्धबृद्धालाई ब्ल्यााङ्केट

झापा, २२ मंसिर । निर्माण व्यवसायी संघ झापाले १७ औं राष्ट्रिय निर्माण दिवस मनाएको छ । संघले शनिबार झापाको कनकाईधामस्थित श्रीकृष्ण प्रणामी मन्दिर आश्रममा आश्रय लिएर बसिरहेका दुई दर्जनजति बृद्धबृद्धालाई जाडोमा न्यानोका लागि ओढ्ने कम्बल (ब्ल्यााङ्केट) वितरण गरेर दिवस मनाएको हो । शनिबार विहानै आश्रम पुगेका संघका अध्यक्ष मिलन वस्नेत, कोशी प्रदेश अध्यक्ष मोहनप्रसाद अधिकारी, [...] The post राष्ट्रिय निर्माण दिवसमा बृद्धबृद्धालाई ब्ल्यााङ्केट appeared first on Jhapa Online.

Dec 7, 2024 - 13:19
 0
राष्ट्रिय निर्माण दिवसमा बृद्धबृद्धालाई ब्ल्यााङ्केट

झापा, २२ मंसिर । निर्माण व्यवसायी संघ झापाले १७ औं राष्ट्रिय निर्माण दिवस मनाएको छ ।

संघले शनिबार झापाको कनकाईधामस्थित श्रीकृष्ण प्रणामी मन्दिर आश्रममा आश्रय लिएर बसिरहेका दुई दर्जनजति बृद्धबृद्धालाई जाडोमा न्यानोका लागि ओढ्ने कम्बल (ब्ल्यााङ्केट) वितरण गरेर दिवस मनाएको हो । शनिबार विहानै आश्रम पुगेका संघका अध्यक्ष मिलन वस्नेत, कोशी प्रदेश अध्यक्ष मोहनप्रसाद अधिकारी, अग्रज निर्माण व्यवसायी शेरबहादुर थापा, संघका पदाधिकारी–सदस्यलगायत निर्माण व्यवसायीहरुले कम्बल वितरण गरेका थिए ।

आश्रम परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच कम्बल वितरण गरिएको थियो । संघका अध्यक्ष वस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन महासचिव पुष्पराज निरौलाले गरेका थिए । संघले सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा आश्रित बृद्धबृद्धालाई कम्बल वितरण गरिउको महासचिव निरौलालले बताए ।

संघले निर्माण दिवसकै अवसर पारेर शनिबार नै झापाको धार्मिक तथा पर्यटकीय स्थल धनुषकोटीधामको वनभोजस्थलमा बृहत वनभोज पनि आयोजना गरेको संघका कार्यालय सचिव ज्योति पौडेलले बताए ।

निर्माण व्यवसायी संघ झापाको १६ औं वार्षिक साधारणसभा तथा अधिवेशनआगामी पुस पुस २१ र २२ गते बिर्तामोडमा गर्ने निर्णय भइसकेको छ । यो साधारणसभा तथा अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएकोले झापाली निर्माण व्यवसायी माझ चुनावी चहलपहल पनि शुरु भइसकेको बुझिएको छ ।

The post राष्ट्रिय निर्माण दिवसमा बृद्धबृद्धालाई ब्ल्यााङ्केट appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register